फलोअन पछि श्रीलंका सम्हालियो, भारतले तोड्यो पाकिस्तानको रेकर्ड

  • विकेटनेपाल, २१ साउन

श्रीलंका : २०९/२ ( मेन्डिस ११०, करुनारत्ने ९२* ) १८३ ( डिकवेला ५१, आश्विन ५/६९ ) , भारत : ६२२/९ पारि समाप्ति (  पुजारा १३३, रहाने १३२ , हेराथ , ४/१५४ ) l श्रीलंका २३० रनले पछि 

भारत र श्रीलंका बीच कोलोम्बोमा जारि दोश्रो टेस्टको तेश्रो दिनको खेल सकिंदा श्रीलंकाले फलो-अन पछि ब्याटिंग गर्दै सुधारिएको ब्याटिंग देखाएको छ l

पहिलो इनिंगमा भारतले ६२२ रन बनाएपछि दोश्रो दिनको समाप्तिमा श्रीलंका ५०/२ को स्थितिमा थियो l तेश्रो दिन श्रीलंकाले निकै खराब ब्याटिंग गर्यो र पहिलो इनिंगमा मात्र १९.४ ओभरमा १८३ रनमै सबै विकेट गुमाउन पुग्यो l

१८३ रनमा अलआउट भएपछि पहिलो इनिंगमा भारत भन्दा ४३९ रनको अग्रता बनाएको भारतले श्रीलंकालाई फलो-अनको निम्तो दियो l पहिलो इनिंगमा खराब ब्याटिंग गरेपनि श्रीलंकाले दोश्रो इनिंगमा भने राम्रो ब्याटिंग देखायो र तेश्रो दिनको खेल सकिंदासम्म मात्र २ विकेट गुमाई २०९ रन बनाईसकेको छ l श्रीलंका भारतको स्कोरभन्दा अझै २३० रनले पछि रहेकोछ l

श्रीलंकालाई १८३ रनमै समेट्ने क्रममा रबिचन्द्रन आश्विन एक्लैले ५ विकेट तथा मोहम्मद सामी र रबिन्द्र जडेजाले २/२ विकेट आफ्नो नाम गरे l श्रीलंकन ब्याट्सम्यान निरोशन डिकवेलाले सर्बाधिक ५१ रन योगदान दिए l

दोश्रो इनिंगमा श्रीलंकाले पहिलो विकेट ७ रनको स्कोरमा गुमाएपछि दोश्रो विकेटको लागि कुसल मेन्डिस र डिमुथ करुनारत्नेले १९१ रनको बिशाल साझेदारी गरेका थिए l टेस्ट करियरको तेश्रो शतक प्रहार गर्ने क्रममा मेन्डिसले ११० रन प्रहार गरे जसमा १७ वटा चौका सामेल थियो l मेन्डिसलाई हार्दिक पान्ड्याले दिनको खेल सकिनु ३१ बल अघि विकेटकिपर रिद्द्मान शाहको हातमा क्याच थमाएका थिए l

तेश्रो दिनको खेल सकिंदा  करुनारत्ने ९२ ( १२ चौका ) रनमा तथा नाइट वाचम्यान पुश्पकुमारा २ रन बनाएर नट आउट छन् l

भारतले तोड्यो पाकिस्तानको रेकर्ड 

श्रीलंकासंग भारतले जारि टेस्टमा ४३९ रनको अग्रता लियो l यो अग्रता श्रीलंकाबिरुद्ध कुनै पनि टिमले लिएको सबैभन्दा ठुलो अग्रता हो l यो भन्दा अगाडी श्रीलंकासंग सबैभन्दा धेरै रनको अग्रता लिने रेकर्ड पाकिस्तानको नाममा थियो l सन् २००० मा गाल टेस्टमा पाकिस्तानले श्रीलंकासंग ४१९ रनको अग्रता लिएको थियो जसलाई भारतले उछिनेको छ l

शिखर धवनले क्याच छुटाए 

कुसल मेन्डिसले विस्फोटक शतक बनाउदै श्रीलंकाले भारतको जितको पर्खाइ लम्ब्याउनुमा शिखर धवनले मेन्डिसको क्याच छुटाउनुको महत्वपूर्ण योगदान थियो l मेन्डिस मात्र १० रन बनाएर खेलीरहंदा आश्विनको बलमा धवनले क्याच मिस गर्नु भारतको लागि निकै घटक सिद्ध भयो l क्याच छुटेपछि मेन्डिसले विस्फोटक ब्याटिंग गर्दै आफ्नो इनिंगमा १७ चौका प्रहार गर्दै शतक पार गरेका थिए l

 





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]