रोहित र बिराटको शतक, श्रीलंकालाई बिशाल लक्ष

sandeep lamichhane shane warne
  • विकेटनेपाल, १५ भदौ 

श्रीलंका र भारत बीच जारि वानडे शृंखला अन्तर्गत चौथो वानडेमा टस जितेर ब्याटिंग गरेको भारतले पहिलो इनिंगमा ३७५ रन बनाएको छ l

पुरै ५० ओभर ब्याटिंग गर्दै ३७५/५ को स्कोर बनाएको भारतको लागि ओपनर रोहित शर्मा र कप्तान बिराट कोहलीले शतकीय योगदान दिए l

ओपनर शिखर धवन ४ रन मात्रै बनाएर आउट भएपछि बिराट र रोहितले दोश्रो विकेटको लागि २१९ रनको बिशाल साझेदारी गरेका थिए l

२९ औं शतक पुरा गर्ने क्रममा कोहलीले १३१ रन ( ९६ बल, १७ चौका, २ छक्का ) तथा १३ औं शतक पुरा गरेका शर्माले १०४ रन ( ८८ बल , ११ चौका , ३ छक्का ) प्रहार गरे l

३० औं ओभरमा कोहलीलाई मलिंगाले आउट गरेपछि भने भारतले लगातार विकेट गुमाएको थियो l २२५/१ को स्थितिमा कोहली आउट भएपछि भारत ३८ औं ओभरमा २७४/५ को स्थितिमा थियो l हार्दिक पाण्डे १९ तथा केएल राहुल ७ रन बनाएर आउट भएका थिए l

छैठौ विकेटको लागि महेन्द्र सिंह धोनी र मनिष पाण्डेले १०१ रनको साझेदारी गर्दै भारतलाई बिशाल स्कोरतर्फ डोर्याएका थिए l

१३ औं शतक पुरा गरेका शर्माले १०४ रन ( ८८ बल , ११ चौका , ३ छक्का ) प्रहार गरे l

पाण्डेले करियरको दोश्रो अर्धशतक प्रहार गरे क्रममा  ५० रनमा अविजित रहे भने धोनी ४९ रनमा अविजित रहे l धोनीले ५ चौका र १ छक्क प्रहार गर ४२ बल सामना गरे भने पाण्डेले ४२ बलमा ४ चौका प्रहार गरे l

श्रीलंकाको लागि एन्जेलो म्याथुजले २ विकेट हात पारेका थिए जुन क्रममा लगातार २ बलमा २ विकेट ( रोहित , हार्दिक ) लिएका थिए l यस्तै कप्तान मलिंगा, विश्व फर्नान्डो र अकिला धनन्जयले समान १/१ विकेट हात पारे l

५ एकदिवसीयको शृंखलामा श्रीलंका ३-० ले पछि रहेको छ l यस अघि टेस्ट शृंखला पनि उसले ३-० ले गुमाएको थियो l

बिराट कोहलीको २९ औं शतक, तोडे यो रेकर्ड

वानडे करियरको २९ औं शतक पुरा गर्दै भारतीय कप्तान कोहलीले धेरै शतक प्रहार गर्ने रेकर्डमा सनथ जयसूर्यालाई पछि पार्दै तेश्रो नम्बरमा उक्लेका छन् l

वानडे क्रिकेटमा सचिन तेन्दुलकरले ४९ वटा शतक तथा रिकी पोंटिंगले ३० शतक प्रहार गरेका छन् l जयसूर्याको २८ शतकलाई पछि पारेका कोहली अब रिकी पोंटिंग भन्दा मात्र १ शतकले पछि रहेका छन् l

२९ शतक प्रहार गर्न कोहलीले १९३ औं खेलमा १८५ इनिंग ब्याटिंग गरेका छन् l ५५ भन्दा माथिको औसत र ९१ भन्दा माथिको स्ट्राईक रेटले रन बनाईरहेका कोहली यही लयमा जाने हो भने सचिन तेन्दुलकरको रेकर्ड पनि तोड्ने आंकलन गरिन थालिएको छ l

वानडे करियरको २९ औं शतक पुरा गर्दै भारतीय कप्तान कोहलीले धेरै शतक प्रहार गर्ने रेकर्डमा सनथ जयसूर्यालाई पछि पार्दै तेश्रो नम्बरमा उक्लेका छन् l

धोनीलाई पछि छोडे 

कप्तानको रुपमा बिराट कोहलीले ७ वटा शतक प्रहार गरिसकेका छन् जुन रेकर्डमा धोनीलाई पछि पारेका छन् l भारतको कप्तानको रुपमा कोहलीले वानडेमा ६ वटा शतक बनाएका छन् l भारतको लागि कप्तानको रुपमा सौरभ गांगुलीले ११ वानडे शतक प्रहार गरेका छन् l

श्रीलंका बिरुद्ध कोहलीले हालसम्म ७ वटा शतक प्रहार गरिसकेका छन् l उनि भन्दा अघि श्रीलंका बिरुद्ध सचिन तेन्दुलकरले ८ शतक प्रहार गर्न सकेका छन् l

मलिंगाको ३०० विकेट 

श्रीलंकाको कप्तानी गरेका मलिंगाले वानडे क्रिकेटमा ३०० विकेट पुरा गरेका छन् l बिराट कोहलीको विकेट लिंदै उनले यो सफलता हात पारेका हुन् l मलिंगाले सयौ विकेटको रुपमा मार्टिन गुप्टिल, २०० औ विकेटको रुपमा महेन्द्र सिंह धोनीको विकेट लिएका थिए l ३०० विकेट लिने मलिंगा पाचौ छिटो बलर हुन् l





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]