- विकेटनेपाल – १७ अषाढ, मंगलवार
इंग्ल्याण्डमा जारी एक दिवसिय विश्वकप क्रिकेट २०१९ अन्तर्गत मंगलवार भारत र बंगलादेश भिड्दै छन्। खेलमा पहिले ब्याटिंग गर्दै भारतले ३१४ रन जोडेको छ।
एज्बास्टनमा टस जितेर ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन जोडेको हो। उसका रोहित शर्माले सर्वाधिक १०४, लोकेश राहुलले ७७ र रिसभ पन्तले ४८ रन जोडे।
ओपनर लोकेश राहुल र रोहित शर्माले पहिलो विकेटका लागि १८० रनको साझेदारी गर्दा भारत ठूलो लक्ष्यतर्फ अग्रसर भएको थियो। तर आफ्नो अन्तिम स्पेलमा मुस्ताफिजुर रहमान र शाकिब अल हसनले उत्कृस्ट बलिङ्ग गर्दै बंगलादेशलाई खेलमा फर्काए। एकै ओभरमा मुस्ताफिजुरले बिराट कोहली र हार्दिक पान्ड्याको विकेट हात पार्दा भारतले अन्तिमका ओभरमा खुलेर रन जोड्न सकेन।
बंगलादेशको बलिङ्गमा मुस्ताफिजुर रहमानले सर्वाधिक ५ विकेट ( १०-१-५९-५ ) हात पारे। यस्तै शकिव अल हसन, रुबेल हुसेन र सोम्य सरकारको नाममा समान १-१ विकेट रह्यो।
रोहितको शतकमा रेकर्ड :
भारतको इनिंगमा ओपनर रोहित शर्माले सर्वाधिक १०४ रन जोडे। एक दिवसिय करियरको २६ औं शतक बनाउने क्रममा रोहितले मात्र ९२ बलमा ७ चौका र ५ छक्का सहित शतक पुरा गरेका हुन्। व्यक्तिगत ९ रनको स्कोरमा रहंदा मुस्ताफिजुर रहमानको बलमा तमिम इक्वालबाट क्याच छुटेका रोहितले त्यस्पस्चात आकर्षक ब्याटिंग गर्दै शतक पुरा गरे।
प्रतियोगितामा रोहितको यो चौथो सतक समेत हो। उनले यसअघि दक्षिण अफ्रीका बिरुद्ध १२२, पाकिस्तान बिरुद्ध १४० र इंग्ल्याण्ड बिरुद्ध १०२ रन बनाएका थिए।
नियमित ओपनर शिखर धवन चोटिल भएपछि उनको स्थानमा ओपनिङ्ग गरिरहेका लोकेश राहुलले रोहित शर्मासंग ब्याटिंग गर्दै बंगलादेश बिरुद्धको खेलमा विश्वकपको नयाँ रेकर्ड कायम गरे।
पहिलो विकेटका लागि १८० रनको साझेदारी गरेका राहुल र रोहितले भारतका लागी विश्वकपको सर्वाधिक ठूलो ओपनिङ्ग साझेदारीको रेकर्ड आफ्नो नाम गरेका हुन्। यसअघि सन् २०१५ को विश्वकपमा रोहित शर्मा र शिखर धवनले आयरल्याण्ड बिरुद्ध १७४ रनको साझेदारी गरेका थिए।
Highest opening p’ship for India in WCs
180 R Sharma – KL Rahul v Ban Edgabston 2019 *
174 R Sharma – S Dhawan v Ire Hamilton 2015
163 A Jadeja – S Tendulkar v Ken Cuttack 1996
153 S Tendulkar – V Sehwag v SL Joburg 2003
बंगलादेश बिरुद्धको शतकसंगै रोहित शर्मा विश्वकप क्रिकेटमा सर्वाधिक शतक बनाउने संयुक्त दोस्रो ब्याट्सम्यान बनेका छन्। विश्वकपको १५ इनिंगमा रोहितले ५ शतक बनाएका छन्। यो सुचिमा भारतकै सचिन तेन्दुलकर शिर्ष स्थानमा छन्। सचिनको नाममा ४४ विश्वकप इनिंगमा ६ शतक रहेको छ।
Most 100s in a World Cup (100s/inngs)
6/44 S Tendulkar
5/42 R Ponting
5/35 K Sangakkara
5/15 ROHIT SHARMA