धोनी र केएल राहुलको शतकमा भारतले बनायो ३५९

विश्वकप अघि भारतको लगातार चिन्ताको बिषय बनेको चौथो नम्बरमा को ब्याट्सम्यान भन्ने बहस अब टुंगिने निश्चित भएको छ। विश्वकप अघि आफ्नो अन्तिम अभ्यास खेलमा केएल राहुलले बंगलादेशसंग उत्कृस्ट शतकीय इनिंग खेलेसंगै अब चौथो नम्बरमा राहुलले आफुलाई उभ्याउने निश्चित जसो भएको हो।

विश्वकप अघि आफ्नो अन्तिम अभ्यास खेलमा टस हारेर ब्याटिंग गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३५९ रनको योगफल तयार गरेको छ।

भारतको सुरुवात राम्रो हुन सकेन,शिखर धवन १ रन बनाएर आउट भए। दोश्रो विकेटको लागि रोहित शर्मा र कप्तान बिराट कोहलीले ४५ रनको साझेदारी गरे। रोहित १९ रन बनाएर आउट भए।

४७ रन बनाएर कोहली आउट भए जसपछि भिजय शंकर पनि २ रन बनाएर आउट हुँदा भारत समस्यामा पर्यो।

त्यसपछि चौथो नम्बरमा ब्याटिंग गरेका केएल राहुल र महेन्द्र सिंह धोनीले विशाल साझेदारी गर्दै भारतको योगफल २५० पार गराए।

१०२/४ ( २१.६ ओभर ) को अवस्थाबाट धोनी/राहुलले भारतलाई २६६ रनसम्म पुर्याए। शतक पुरा गरेपछि राहुल आउट भए जसपछि पनि धोनीले एक किनार सम्हालीरहे।

धोनीले हार्दिक पान्ड्यासंग ५१ रनको साझेदारी गरे। ११ बलमा २ चौका र १ छक्का मदतले २१ रन बनाएर पान्ड्या आउट भए।

५० औं ओभरमा धोनी आउट भए जसपछि उनले ११३ रन बनाए जुन क्रममा ७८ बलमा ८ चौका र ७ छक्का प्रहार गरे।

रभिन्द्र जडेजाले अविजित ११ तथा दिनेश कार्तिकले अविजित ७ रन बनाए पछि भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३५९ रनको योगफल तयार गर्यो।

बंगलादेशको बलिंगमा रुबेल हुसेन ( ८-०-६२-२ ) र शाकिब अल हसन ( ६-०-५८-२ ) ले २/२ विकेट तथा मुस्तफिजुर ( ८-१-४३-१ ) , मोहम्मद सैफुद्दीन ( ६-१-२७-१ ) र सब्बिर रहमान ( ५-०-३०-१ ) ले १/१ विकेट लिए।

आजै जारि दोश्रो अभ्यास खेलमा वेस्ट इन्डिज र न्युजिल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। वेस्ट इन्डिजले पहिले ब्याटिंग गर्दै ४२१ रनको योगफल तयार गरेको छ।

भारतले यस अघि पहिलो अभ्यास खेलमा न्युजिल्याण्डसंग ६ विकेटको पराजय बेहोरेको थियो भने बंगलादेश र पाकिस्तान बीचको अभ्यास खेल वर्षले रद्द भएको थियो। विश्वकप अन्तर्गत भारतले आफ्नो पहिलो खेल दक्षिण अफ्रीकासंग जुन ५ तारिकमा र बंगलादेशले पहिलो खेल दक्षिण अफ्रीकासंगनै जुन २ तारिकमा खेल्नेछ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]