भारत पूर्णरुपमा हावी

  • विकेटनेपाल, २० साउन

श्रीलंका : ५०/२ ( मेन्डीस १६* , चण्डीमाल ८* , आश्विन २/३८ ) ,  भारत : ६२२/९ पारि समाप्ति ( पुजारा १३३, रहाने १३२ , जडेजा ७०* , हेराथ , ४/१५४ )

३ टेस्ट म्याचको सिरिज अन्तर्गत भारत र श्रीलंका बीच आज दोश्रो टेस्टको दोश्रो दिनको खेल सकिदा भारत पुनः श्रीलंकाबिरुद्ध हावी देखिएको छ l

चेतेश्वर पुजारा र अजिंके रहानेको शतक तथा तल्लो क्रमका ब्याट्सम्यानहरुले समेत मजाले रन बनाएपछि भारतले ६२२/९ को स्कोरमा पहिलो इनिंग समाप्तिको घोषणा गरेको छ l दोश्रो दिन २० ओभर ब्याटिंग गरेको श्रीलंकाले ५० रन जोड्दा पहिलो २ विकेट गुमाईसकेको छ l

भारतको लागि पुजाराले सर्बाधिक १३३ तथा रहानेले १३२ रनको योगदान दिएका थिए l तल्लो क्रमका ब्याट्सम्यानहरु रबिन्द्र जडेजाले अविजित ७० , रिद्दिमान शाहले ६७ तथा रविचन्द्र आश्विनले ५४ रनको योगदान दिएपछि भारत पुनः बलियो स्थितिमा छ l

पुजाराले १३३ तथा रहानेले १३२ रनको योगदान दिए l

दोश्रो दिनको अन्तिम सत्रमा ब्याटिंग गरेको श्रीलंकाले ओपनरद्वय दिमुथ करुणारत्नेलाई २५ तथा उपुल थरांगालाई ० रनमै गुमाईसकेको छ l खेल सकिंदा सम्म कुसल मेन्डीस १६ तथा चण्डीमाल ८ रन बनाएर ब्याटिंग गरिरहेका छन् l भारतको लागि दुवै विकेट आश्विनले लिएका हुन् l

यस अघि भारतले पहिलो टेस्टमा श्रीलंकालाई ३०४ रनले पराजित गरेको थियो l

६०० रन बनाउने भारत मात्रै 

अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो ६७ महिना अर्थात झन्डै ६ बर्षमा भारत बाहेक कुनै पनि रास्ट्रले ६०० भन्दा बढी रन टेस्टमा बनाउन सकेका छैनन् l भारतले भने यो अबधिमा छैठौं पटक ६०० को स्कोर पार गरिसकेको छ l गालमा सम्पन्न अघिल्लो टेस्टमा पनि भारतले ६०० रन बनाएको थियो l

सबैभन्दा बढी पटक ५००+ रन बनाउने भारत तेश्रो टिम  

टेस्ट क्रिकेटमा ५०० माथिको रन बनाउने लिस्टमा भारत तेश्रो नम्बरमा रहेको छ l पहिलो नम्बरमा रहेको अस्ट्रेलियाले हालसम्म १४१ पटक ५०० भन्दा माथिको स्कोर बनाएको छ भने तेश्रो नम्बरमा भारतले ८० पटक ५०० माथिको स्कोर बनाउन सकेको छ l दोश्रो नम्बरमा रहेको इंग्ल्यान्ड कुल १०५ पटक ५०० रन नाघेको छ l

 

 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]