अस्ट्रेलिया बिरुद्द भारतको बिशाल जित : यु १९ विश्वकप

  • विकेटनेपाल, पौष ३० – आइतबार

समूह ‘बि’ को भारत र अस्ट्रेलियाबिचको खेलमा १०० रनको बिशाल जित दर्ता गर्दै भारतले यु१९ विश्वकपको सुरुवात गरेको छ ।

भारतले दिएको ३२९ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया मात्र २२८ रनमा समेटिन पुग्यो। अस्ट्रेलियाका लागि ज्याक एडवार्ड्सले ७३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले खुलेर रन बनाउन सकेनन्। ९० बल खेलेका एडवार्ड्सले ६ चौका र १ छक्का प्रहार गर्दै ७३ रन बनाए। उनका ओपनिंग पार्टनर ब्र्यानटले भने २९ रन बनाए।

५७ रनको ओपनिंग साझेदारी पछी लगातार रुपमा विकेट गुमाउदा अस्ट्रेलिया सस्तैमा समेटिन पुग्यो।

भारतको बलिंग तर्फ कमलेश नगरकोटी र सिभम मभिले समान ३/३ विकेट लिए। ८.५ ओभरको स्पेलमा मभिले ४५ रन खर्चेर ३ विकेट लिंदा नगरकोटीले भने ७ ओभरमा मात्र २९ रन खर्चेर ३ विकेट चट्काए।

ज्याक एडवार्ड्स अर्धशतक प्रहार गरेपछि

यसअघि पहिले ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३२८ रन बनाएको थियो। भारतका लागि पृथ्वी शहले ९४ रनको योगदान गरे। १०० बल खेलेका कप्तान पृथ्वीले ८ चौका र २ छक्का प्रहार गर्दै ९४ रन जोडेका थिए। मन्जोत कल्रासंग पहिलो विकेटका लागि १८० रनको साझेदारी गर्दै पृथ्वीले भारतको लागि बलियो सुरवात दिएका थिए।

मन्जोतले भने ९९ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ८६ रन जोडेका थिए। यस्तै शुब्मान गिलले ६३ रनको योगदान गरे। मात्र ५४ बल खेलेका गिलले ६ चौका र १ छक्का प्रहार गरेका थिए।

मन्जोत र शहले पहिलो विकेटको लागि १८० रनको साझेदारी गरे

अस्ट्रेलियाको बलिंगमा ज्याक एडवार्ड्सले ४ विकेट लिएका थिए। ९ ओभर बलिंग गर्दै ६५ रन खर्चेर एडवार्ड्सले भारतलाई ४ झट्का दिएका थिए। यस्तै अस्टिन वाः, उप्पल र विल सुथरल्याण्डले पनि १ -१ विकेट लिए। अस्टिन वाः अस्ट्रेलियाका पुर्वा कप्तान स्टिभ वाः का छोरा हुन्।

यस्तै आज नै भएका अन्य खेलमा भने श्रीलंका र दक्षिण अफ्रिका बिजयी भएका छन्। केन्या बिरुद्धको खेलमा दक्षिण अफ्रिकाको युवा टोलिले ठुलो जित हात पार्यो। दक्षिण अफ्रिकासंग केन्यको टोलि १६९ रनले पराजित हुनपुग्यो। त्यस्तै श्रीलंकाले भने आएरल्याण्डलाई ७ विकेटले पराजित गर्यो।

(Pictures: @cricketworldcup)





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]