पाकिस्तान फराकिलो अन्तरमा पराजित, भारत फाइनलमा

  • विकेटनेपाल, माघ १६ – मंगलबार

न्युजिल्याण्डमा जारि यु१९ विश्वकप क्रिकेटको दोश्रो सेमिफाइनलमा पाकिस्तानलाई २०३ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको छ । उसले फाइनलमा अस्ट्रेलियाको सामना गर्ने छ ।

भारतको बलिंगसामु घुडा टेक्यो पाकिस्तान

क्राइस्टचर्चमा भएको खेलमा भारतले दिएको २७३ रनको लक्ष्य लिएर मैदानमा उत्रेको पाकिस्तानले ६९ रन बनाउदा २९.३ ओभरमा सबै विकेट गुमाउदै पराजित भयो ।

पाकिस्तानलाई सस्तैमा समेट्न भारतका लागि इशान पोरेलले सुरुवातका ४ विकेट झार्दै १७ रन खर्चे भने रियान पराग तथा शिव सिंहले २/२ विकेट हात पार्दा अनुकुल रोए र अभिषेक शर्माले १/१ विकेट लिए ।

पाकिस्तानको ब्याटिंगमा रोहिल नाजिरले १८ रन तथा साद खानले १५ रन र मोहम्मद मुसाले अविजित ११ रन बनाएपनि अन्य खेलाडीहरु भारतीय बलरसामु घुडा टेक्न पुगे ।

शुबनम गिलको शतकमा भारतको सम्हालिएको ब्याटिंग

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको भारतले शुबनम गिलको अविजित १०२ रनको पारिमा ५० ओभरमा ९ विकेट गुमाएर २७२ रनको योगफल तयार पारेको थियो ।

पहिलो विकेटका लागि कप्तान पृथ्वी श र मंजोत कालराले ८९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । पृथ्वी शले ४१ रन बनाउन ४२ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने मंजोत   कालरा  ले ४७ रन बनाउन ५९ बलमा ७ चौका प्रहार गरे ।

त्यसपछि लगातार विकेट गुमाएको भारतका लागि शुबनम गिलले ९४ बलमा ७ चौका प्रहर गर्दै एकतिरको ईन्ड सम्हाल्दै पारिलाई उकास्ने काम गरे ।

अनुकुल रोएले ३३ रन बनाउन ४५ बलमा ४ चौका प्रहार गर्दा हार्विक देसाईले तेस्रो विकेटका लागि गिलसँग ५४ रनको साझेदारी गर्दै २० रन प्रहार गरे ।

पाकिस्तानका लागि मुहम्मद मुसाले ४ विकेट लिन १० ओभरमा ६७ रन खर्चिदा अर्षद इकबालले ३ विकेटमा ५१ रन खर्चे ।

खेलमा म्यान अफ द म्याच अविजित शतक प्रहार गरेका भारतका शुबनम गिल घोषित भए ।

यसअघि अस्ट्रेलियाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । फाइनल खेल फेब्रुअरी ३ तारिखमा बेअ ओभलमा हुनेछ ।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]