चाहलको स्पिन नबुझ्दा दक्षिण अफ्रीकाको घरमा इतिहासकै कमजोर ब्याटिंग

  • विकेटनेपाल, माघ २१ – आइतबार

भारतको दक्षिण अफ्रिका भ्रमण अन्तर्गत आज भएको दोश्रो एकदिवसीय क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । यो सँगै भारतले ६ खेलको सिरिजमा २-० को अग्रता लिएको छ । यसअघि भएको पहिलो एकदिवसीयमा पनि भारत ७ विकेटले बिजयी भएको थियो ।

इतिहासकै कमजोर दक्षिण अफ्रिकी ब्याटिंग , चाहलको उत्कृस्ट बलिंग

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको दक्षिण अफ्रिकाले मात्र ११८ रन बनाउदा ३२.२ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो।

दक्षिण अफ्रीकाले आफ्नो घरेलु मैदानमा तयार गरेको इतिहासकै यो सबैभन्दा कम स्कोर थियो। यो भन्दा अघि सन् २००९ मा इंग्ल्याण्डसंग घरेलु मैदानमा अफ्रिकी टिमले ११९ रन बनाएको थियो। सन् १९९३ मा अस्ट्रेलियासंग ६९ रनमै दक्षिण अफ्रीका अलआउट भएको थियो जुन हालसम्मकै कम योगफल हो।

एबि डी भिल्लर्स र फाफ डु प्लेसिस घाइते भएपछि अनुपस्थित हुँदा घरेलु टिमका लागि डेब्यु गरिरहेका खाया जोन्ड़ोले २५ रन बनाउदा जेपी डुमिनीले पनि समान २५ रन बनाए । हसिम अमलाले २३, क्विन्टन डी कक् ले २० रन तथा क्रिस मोरिसले १४ रन बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक बनाउन सकेनन् ।

चाहल (फोटो: बिसिसिआई)

दक्षिण अफ्रिकालाई सस्तैमा रोक्न भारतका लेग स्पिनर युज्बेन्द्र चाहलले करियरकै उत्कृस्ट बलिंग गर्दै ५ विकेट लिन ८.२ ओभरमा १ मेडन राख्दै २२ रन खर्चिए । कुलदीप यादवले पनि ३ विकेट लिन २० रन खर्चिए । एकदिवसीय क्रिकेटमा पहिलोपल्ट ५ विकेट लिएका चाहल म्यान अफ द म्याच घोषित भए ।

भारतले सजिलै लक्ष्य भेट्टायो

सेन्चुरीयनमा भएको खेलमा घरेलु टोलीले दिएको ११९ रनको लक्ष्य भारतले २०.३ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गरेको थियो । भारतका लागि रोहित शर्मा र शिखर धवनले पहिलो विकेटको लागि २६ रनको साझेदारी गरेका थिए । रोहित शर्मा १५ रन बनाउदै आउट भए।

रन लिने प्रयासमा कोहली ( फोटो – बिसीसीआई )

त्यसपछि धवनले कप्तान विराट कोहलीसँग मिलेर दोश्रो विकेटको लागि अविजित ९३ रनको साझेदारी गर्दै खेललाई सहज रुपमा जिताए । धवनले अविजित ५१ रन बनाउने क्रममा ५६ बलमा ९ चौका प्रहार गर्दा कोहलीले अविजित ४६ रन (५० बल, ४ चौका, १ छक्का) बनाए ।

यस्तो छ खेलतालिका:

तेस्रो एकदिवसीय: ७ फेब्रुअरी, केप टाउन

चौथो एकदिवसीय: १० फेब्रुअरी, जोहानेसवर्गमा

पाचौं एकदिवसीय: १३ फेब्रुअरी, पोर्ट एलिजावेद

छैठौं एकदिवसीय: १६ फेब्रुअरी, सेन्चुरियन

सम्बन्धित:

दक्षिण अफ्रिकाको नयाँ कप्तान घोषणा

पहिलो एकदिवसीय: कोहलीको शतकमा दक्षिण अफ्रिका पराजित

डी भिल्लियर्स पछि डु प्लेसिस पनि नखेल्ने

एबी डी भिल्लियर्स घाइते, एकदिवसीय सिरिज अघि दक्षिण अफ्रीकालाई झट्का !

 





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]