बिदेशमा भारतको सबैभन्दा ठुलो जित

  • विकेटनेपाल, १४ साउन

भारत : ६०० र १८९/३ , श्रीलंका : २९१ र २४५

श्रीलंका भ्रमण अन्तर्गत भारतले श्रीलंकालाई ३०४ रनको बिशाल अन्तरले पराजित गर्दै भारतभन्दा बाहिर टेस्ट इतिहासकै सबैभन्दा ठुलो जित हात पारेको छ l जितसंगै भारतले ३ वटा म्याचको टेस्ट शृंखलामा १-० को अग्रता लिएको छ l

गालमा सम्पन्न पहिलो टेस्टको चौथो दिन ५५० रनको लक्ष पछ्याउने क्रममा श्रीलंकाले २४५ रनमै सम्पूर्ण विकेट गुमाएपछि श्रीलंकाले टेस्ट क्रिकेटमा सबैभन्दा ठुलो हार बेहोरेको छ l

टेस्टको पहिलो इनिंगमा भारतले ६०० रन बनाएको थियो जसमा शिखर धवन ( १९० ) र चेतेश्वर पुजारा ( १५३ ) ले शतकीय इनिंग खेलेका थिए l श्रीलंकाले पहिलो इनिंगमा २९१ रन मात्रै बनाउन सकेको थियो l दोश्रो इनिंगमा पुनः ब्याटिंग गरेको भारतले बिराट कोहली ( १०३ ) को शतक मदतले २४०/३ को स्कोर बनाउदै इनिंग समाप्तिको घोषणा गरेको थियो l

दोश्रो इनिंगमा श्रीलंकालाई अलआउट गर्न रबिन्द्र जडेजा र रविचन्द्रन आश्विनले ३/३ विकेट हात पारेका थिए l यस अघि पहिलो इनिंगमा पनि जडेजाले ३ विकेट हात पारेका थिए l

खेलको म्यान अफ द म्याच शिखर धवन घोषित भए l

यो पनि पढ्नुस :- बिराट कोहलीले बनाए यस्तो रेकर्ड जसमा बिश्वका एकसेएक ब्याट्सम्यान पछाडी

टेस्ट क्रिकेटमा भारतको चौथो ठुलो जित 

रन अन्तरको हिसाबले यो टेस्ट क्रिकेट इतिहासमा भारतको चौथो ठुलो जित हो l २०१५ मा दिल्लीमा सम्पन्न टेस्टमा दक्षिण अफ्रीकालाई भारतले ३३७ रनले पराजित गर्दै टेस्ट क्रिकेटमा सबैभन्दा ठुलो जित हात पारेको थियो l भारतले श्रीलंका बिरुद्ध ३०० भन्दा बढी रन अन्तरले टेस्ट म्याच जितेको यो पहिलो पटक हो l

टेस्टमा भारतको ठुलो जित 

सन् २०१७, श्रीलंका बिरुद्ध ३०४ रनको जित
सन् २००८, अस्ट्रेलियाबिरुद्ध ३२० रनको जित
सन् २०१६, न्युजिल्याण्डबिरुद्ध ३२१ रनको जित
सन् २०१५, दक्षिण अफ्रीकाबिरुद्ध ३३७ रनको जित

श्रीलंकाको टेस्ट म्याचमा सबैभन्दा ठुलो हार 

टेस्ट क्रिकेट इतिहासमा भारतसंग ३०४ रनको हार श्रीलंकाको सबैभन्दा ठुलो हार हो l यस अघि सन् १९९४ मा पाकिस्तानसंग श्रीलंका ३०१ रनले पराजित भएको थियो l यसै बर्ष श्रीलंकाले दक्षिण अफ्रीकासंग पनि २८२ रनको हार बेहोरेको थियो l

 

Great Win. Well played boys @ShikhardOfficial @cheteshwar_pujara

A post shared by Virat Kohli (@virat.kohli) on

धेरैले पढेको :-





थप समाचार

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]

जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेटको उपाधि डिएभी स्कुललाई

काठमाडौं । डिएभी स्कुलले दोस्रो जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। प्रसिद्ध जैशीको अलराउण्ड प्रदर्शन मदतमा सोमबार […]

जयकुमारनाथ शाह यु-१६ को क्वार्टरफाइनल समिकरण पुरा 

बाबु एडभेन्चर प्याराग्लाइडिङ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ। प्रतियोगिताको शुक्रबार समुह चरणको […]

महिला टी-२० विश्वकप छनोट : नेपाल र हङकङको खेल रद्द

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल र खेल हङकङबीचको पहिलो खेल रद्द भएको छ। थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान […]