श्रीलंका बिरुद्द भारतको सिरिज क्लिनस्विप

  • विकेटनेपाल, पौष १० – सोमबार

भारत र श्रीलंका बिचको ३ टी२० खेलको सिरिजमा भारतले आइतबार भएको तेस्रो टी२० मा ५ विकेटको जित हात पार्दै  सिरिज क्लिनस्विप गरेको छ ।

मुम्बईको वान्खाड़े मैदानमा भएको खेलमा भारतले श्रीलंकाले दिएको १३६ रनको लक्ष्य ४ बल अगाडी ५ विकेट गुमाएर पुरा गरेको थियो । भारतका लागि मनिष पाण्डेले ३२ रन बनाउदा २९ बलमा ४ चौका प्रहार गरेका थिए,   त्यस्तै श्रेयस ईयरले ३० रन, रोहित शर्माले २७ रन बनाएका थिए । दिनेश कार्तिक र महेन्द्र सिंह धोनीले खेल जिताउन अविजित ३१ रनको पारि खेलेका थिए जसमा धोनीले अविजित १६ तथा कार्तिकले अविजित १८ रन बनाएका थिए ।

बलिंगतर्फ श्रीलंकाको लागि दुश्मन्था चमीरा तथा दसुन शानकाले समान २/२ विकेट हात पारेपनि खेल जिताउन सकेनन ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको श्रीलंकाका लागि असेला गुनारत्नेले ३६, दशुन शनाकाले अविजित २९, सदीरा समविक्रिमाले २१ तथा उपुल थारंगा, थिसरा परेरा र अकिला धनन्जयले समान ११ रनको पारि खेले ।

अस्लेसा गुनारत्नेले ३७ बलमा ३६ रन बनाए

बलिंगतर्फ श्रीलंकालाई सस्तैमा समेट्न भारतका जयदेव उनद्काटले २ विकेट लिन १५ रन खर्चिदा हार्दिक पाण्ड्यले २५ रन खर्चेर २ विकेट हात पारे ।  टी २० मा डेब्यु गरेका वाशिंगटन सुन्दरले १ विकेट लिन २२ रन खर्चे भने मोहम्मद सिराज र कुलदीप यादवले पनि समान १ विकेट लिए ।

खेलमा श्रीलंकाका दुवै ओपनरलाई आउट गरेका जयदेव उनाद्काट खेलको उत्कृस्ट खेलाडी तथा सिरिजका उत्कृस्ट खेलाडी घोषित भए ।

म्यान अफ द म्याच जयदेव उनद्काट




थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]