लगातार विकेटले भारतको कमब्याक – अमला र मारक्रम शतक बनाउन चुके

२०७४ पुष २९, शनिबार २१:४३

  • विकेटनेपाल, २९ पौष – शनिबार 

भारत र दक्षिण अफ्रीका बीच दोश्रो टेस्ट सेन्चुरीयनमा सुरु भएको छ। ३ टेस्टको सिरिजमा पहिलो टेस्टमा दक्षिण अफ्रीकाले भारतलाई ७२ रनले पराजित गरेको थियो।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको दक्षिण अफ्रीकाले उत्कृस्ट सुरुवात गर्यो। पहिलो विकेटको लागि डीन एल्गर र एडेन मारक्रमले ८५ रन जोडे। एल्गरलाई ३१ रनमा आश्विनले आउट गरेपछि मारक्रम र हासिम अमलाले दोश्रो विकेटको लागि ६३ रन जोडे।

शतक बनाउन ६ रन बाँकि रहंदा आश्विनले मारक्रमलाई विकेट किपर पार्थिव पटेलको हातमा क्याच थमाए। ९४ रन बनाउन मारक्रमले १५० बलमा १५ चौका प्रहार गरे। मारक्रमको विकेट पछि एबी डीभिल्लर्ससंग तेश्रो विकेटको लागि २० रनको स्कोरमा इशान्त शर्माको बलमा बोल्ड भए।

हसिम अमला

चौथो विकेटको लागि अमलाले कप्तान फाफ डु प्लेसिससंग ४७ रनको साझेदारी पुर्याउदा अमला ८२ रनको व्यक्तिगत स्कोरमा रन आउट हुन पुगे जसपछि दक्षिण अफ्रीकाले लगातार विकेट गुमाउन पुग्यो। क्वान्टन डी कक खाता नखोली आश्विनको बलमा आउट भए भने त्यसपछि भेरोन फिलाण्डर पनि खाता नखोली रन आउट हुन पुग्दा भारत खेलमा फर्किएको थियो।

अमलाले ८२ रन बनाउन १५३ बलमा १४ चौका प्रहार गरे।

दिनको समाप्तिमा दक्षिण अफ्रीकाले ६ विकेट गुमाएर ९० ओभरमा २६९ रन बनाएको छ। कप्तान डु प्लेसिस २० रन तथा केशभ महाराज १० रन बनाएर ब्याटिंग गरिरहेका छन्।

भारतीय अफ स्पिनर रबिचन्द्रन आश्विनले सर्बाधिक ३ विकेट (३१-८-९०-३ ) तथा इशान्त शर्माले १ विकेट लिएका छन्।

दक्षिण अफ्रीकाको स्कोर ( सेसन अनुसार )  

लन्चसम्म – ७८/० ( २७ ओभर )
चियासम्म – १८२/२ ( ५६ ओभर )
दिनको समाप्तिसम्म – २६९/६ ( ९० ओभर )

पहिलो दिनको फोटोहरु :-

फोटोहरु – बिसीसीआई

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy