टेस्ट जित्न भारतलाई २८७ रनको लक्ष

२०७४ माघ २, मंगलवार २०:३९

  • विकेटनेपाल, २ माघ – मंगलबार 

दक्षिण अफ्रीका र भारत बीच जारि ३ टेस्ट म्याचको शृंखला अन्तर्गत दोश्रो टेस्ट रोमान्चक मोडमा पुगेको छ।

पहिलो इनिंगमा पाएको २८ रनको अग्रता पछि दोश्रो इनिंगमा ब्याटिंग गरेको दक्षिण अफ्रीकाले चौथो दिनको चिया सत्र पछि २५८ रनको कुल योगफलमा सम्पूर्ण विकेट गुमाएपछि भारतलाई टेस्ट जित्न २८७ रनको लक्ष दिएको छ।

दोश्रो इनिंगमा घरेलु टिमको लागि अघिल्लो दिन ५० रनमा अविजित रहेका ए बि डी भिल्लर्सले सर्बाधिक ८० रनको योगदान दिए। यस्तै डीन एल्गरले ६१ रन तथा कप्तान फाफ डु प्लेसिसले ४८ रनको योगदान दिए।

३ रनको योगफलमा २ विकेट गुमाएपछि एल्गर र डी भिल्लर्सले तेश्रो विकेटको लागि १४१ रनको साझेदारी गरेका थिए। डी भिल्लर्सलाई मोहम्मद शामीले विकेटकिपर पर्थिभ पटेलको हातबाट क्याच थमाएपछि साझेदारी तोडिएको थियो। डी भिल्लर्सले १२१ बलमा १० चौका प्रहार गरे।

मोहम्मद शामीले ४ विकेट हात पारे

 

भारतको लागि मोहम्मद शामीए सर्बाधिक ४ विकेट ( १६-३-४९-४ ) हात पारे भने जस्प्रित बुम्राले ३ ( २०-३-७०-३ ) तथा इशान्त शर्माले २ विकेट ( १७-३-४०-२ ) हात पारे। रबिचन्द्रन आश्विनले १ विकेट दिलाए।

२८७ रनको लक्ष पछ्याउन ब्याटिंग सुरु गरेको भारतले आठौ ओभरमा मुरली विजयलाई ९ रनको स्कोरमा गुमाईसकेको छ। उनलाई कासिगो रबाडाले बोल्ड गरेका थिए।

फाफ डु प्लेसिसले ४८ रनको योगदान दिए

यो समाचार तयार पार्दासम्म भारतले ९ ओभरमा १ विकेट गुमाएर १४ रन बनाएको छ। ओपनर केएल राहुल ३ तथा चेतेश्वर पुजारा २ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy