टेस्ट जित्न भारतलाई २८७ रनको लक्ष

  • विकेटनेपाल, २ माघ – मंगलबार 

दक्षिण अफ्रीका र भारत बीच जारि ३ टेस्ट म्याचको शृंखला अन्तर्गत दोश्रो टेस्ट रोमान्चक मोडमा पुगेको छ।

पहिलो इनिंगमा पाएको २८ रनको अग्रता पछि दोश्रो इनिंगमा ब्याटिंग गरेको दक्षिण अफ्रीकाले चौथो दिनको चिया सत्र पछि २५८ रनको कुल योगफलमा सम्पूर्ण विकेट गुमाएपछि भारतलाई टेस्ट जित्न २८७ रनको लक्ष दिएको छ।

दोश्रो इनिंगमा घरेलु टिमको लागि अघिल्लो दिन ५० रनमा अविजित रहेका ए बि डी भिल्लर्सले सर्बाधिक ८० रनको योगदान दिए। यस्तै डीन एल्गरले ६१ रन तथा कप्तान फाफ डु प्लेसिसले ४८ रनको योगदान दिए।

३ रनको योगफलमा २ विकेट गुमाएपछि एल्गर र डी भिल्लर्सले तेश्रो विकेटको लागि १४१ रनको साझेदारी गरेका थिए। डी भिल्लर्सलाई मोहम्मद शामीले विकेटकिपर पर्थिभ पटेलको हातबाट क्याच थमाएपछि साझेदारी तोडिएको थियो। डी भिल्लर्सले १२१ बलमा १० चौका प्रहार गरे।

मोहम्मद शामीले ४ विकेट हात पारे

 

भारतको लागि मोहम्मद शामीए सर्बाधिक ४ विकेट ( १६-३-४९-४ ) हात पारे भने जस्प्रित बुम्राले ३ ( २०-३-७०-३ ) तथा इशान्त शर्माले २ विकेट ( १७-३-४०-२ ) हात पारे। रबिचन्द्रन आश्विनले १ विकेट दिलाए।

२८७ रनको लक्ष पछ्याउन ब्याटिंग सुरु गरेको भारतले आठौ ओभरमा मुरली विजयलाई ९ रनको स्कोरमा गुमाईसकेको छ। उनलाई कासिगो रबाडाले बोल्ड गरेका थिए।

फाफ डु प्लेसिसले ४८ रनको योगदान दिए

यो समाचार तयार पार्दासम्म भारतले ९ ओभरमा १ विकेट गुमाएर १४ रन बनाएको छ। ओपनर केएल राहुल ३ तथा चेतेश्वर पुजारा २ रन बनाएर ब्याटिंग गरिरहेका छन्।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]