भारतको लज्जास्पद ब्याटिंग

  • विकेटनेपाल, मङ्सिर २४ – आइतबार 

भारत र श्रीलंका बीच सुरु भएको एकदिवसीय शृंखलाको पहिलो वान-डेमा भारतले अत्यन्त खराब प्रदर्शन गरेको छ।

हिमान्चल प्रदेश, धर्मशाला मैदानमा टस जितेर बलिंग रोजेको श्रीलंकाले भारतलाई ११२ रनमै अलआउट गरेको हो। उत्कृस्ट बलिंग गरेको लंकाले भारतको पहिलो ७ विकेट २९ रनको स्कोरमै झारेको थियो।

२९/७ को स्कोरबाट ११२ सम्म पुर्याउन भारतीय पुर्वकप्तान महेन्द्र सिंह धोनील ६५ रनको इनिंग खेले। अन्तिम विकेटको रुपमा आउट भएका धोनीले ८७ बलमा १० चौका र २ छक्का प्रहार गरेका थिए।

सुरंगा लक्मलले ४ विकेट हात पारे 

बिराट कोहलीको अनुपस्थितिमा कप्तानी गरेका रोहित शर्मा २, शिखर धवन ० , श्रेयस ऐयर ९, दिनेश कार्तिक ० , मनिष पाण्डे २, हार्दिक पान्ड्या १० तथा भुवनेश्वर कुमार ० रनमै आउट भएपछि भारतको इज्जत धोनीले जोगाएका थिए। सातौ विकेट गएपछि धोनीले कुलदिप यादबसंग आठौं विकेटको लागि ४१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। कुलदिपले दोश्रो सर्बाधिक रन प्रहार गर्ने क्रममा ४ चौका मदतले १९ रन बनाए।

श्रीलंकन बलर सुरंगा लक्मलले उत्कृस्ट बलिंग गर्दै सर्बाधिक ४ विकेट हात पारे। १० ओभरमा ४ मेडन सहित १३ रन खर्चेका लक्मलले रोहित शर्मा, दिनेश कार्तिक, मनिष पाण्डे र भुवनेश्वर कुमारको विकेट लिएका थिए। नुवान प्रदिपले २ विकेट ( १०-४-३७-२ ) हात पारे भने एन्जेलो म्याथुज, थिसारा परेरा, अकिला धनन्जय र सचिथ पथिरानाले समान १ विकेट हात पारे।

भारतको १४ औं कम स्कोर 

भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा १४ औं कम टिम स्कोर हो। सन् २००० मा भारत श्रीलंकासंग ५४ रनमै अलआउट भएको थियो जुन भारतको हालसम्मको कम स्कोर हो। सन् १९८१ मा भारतलाई अस्ट्रेलियाले ६३ रनमा, सन् १९८६ मा श्रीलंकाले ७८ रनमा, सन् १९७८ मा पाकिस्तानले ७९ रनमा तथा सन् २०१० मा न्युजिल्याण्डले ८८ रनमा भारतलाई अलआउट गरेको थियो।

रेकर्ड श्रोत 

भारतको लाज ढाकेका धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा १६ हजार रन पुरा गरे

धोनीको १६ हजार रन पुरा 

भारतको इज्जत ढाक्ने क्रममा उत्कृस्ट इनिंग खेलेका धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा १६ हजार रन पुरा गरेका छन्। उनले नुवान प्रदिपको बलमा चौका प्रहार गर्दै उक्त रन पुरा गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा १६,००० रन पुरा गर्ने धोनी छैठौं खेलाडी हुन्। उनि भन्दा अघि सचिन तेन्दुलकर, राहुल द्रविड , सौरभ गांगुली, बिरेन्द्र सहवाग र बिराट कोहलीले मात्र यति रन बनाउन सकेका छन्।

१६ हजार अन्तर्राष्ट्रिय रन पुरा गर्ने क्रममा अन्तर्राष्ट्रिय स्तरमा भने उनि २७ औं खेलाडी हुन्। विकेटकिपर ब्याट्सम्यानहरुको कुरा गर्नेहो भने धोनी यति रन बनाउने दोश्रो विकेटकिपर ब्याट्सम्यान हुन्। श्रीलंकन खेलाडी कुमार संगाकाराले उनि भन्दा अघि १६ हजार रन पुरा गरिसकेका छन्।

( फोटो – बिसीसीआई )

 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]