रोमान्चक मोडमा भारत-दक्षिण अफ्रीका टेस्ट, कसले जित्ला ?

भारत र दक्षिण अफ्रीका बीच केप-टाउनमा जारि टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्ट रोमान्चक मोडमा पुगेको छ।

पहिलो इनिंगमा ७७ रनको अग्रता लिएर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले दोश्रो इनिंगमा १३० रनमै सबै विकेट गुमाएपछि टेस्टले रोचकता लिएको हो। घरेलु टिम सस्तोमै समेटीएपछि भारतले टेस्ट जित्न २०८ रनको लक्ष पाएको हो।

वर्षाको कारण तेश्रो दिन खेल पुरै प्रभावित भएपछि चौथो दिन दक्षिण अफ्रीकाले ६५/२ को अवस्थामा ब्याटिंग सुरु गरेको थियो।

चौथो दिन पहिलो सत्रमा दक्षिण अफ्रीकालाई लन्च भन्दा अगाडीलाई अलआउट गर्न भारतीय बलर जस्प्रित बुम्रा र मोहम्मद शामीले ३/३ विकेट तथा भुवनेश्वर कुमारले २ विकेट हात पारे। हार्दिक पण्ड्या पनि २ विकेट यस अघिनै आफ्नो नाम गरेका थिए।

दक्षिण अफ्रीकाको लागि ओपनिंग ब्याट्सम्यानद्वय एडेन मार्क्रम र डीन एल्गरले क्रमशः ३४ र २५ रन बनाए। एबी डीभिल्लर्सले ३५ तथा केशभ महाराजले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।

टेस्टको पहिलो इनिंगमा दक्षिण अफ्रीकाले २८६ रन बनाएको थियो जसको जवाफमा भारतले २०९ रन मात्रै बनाउन सकेको थियो।

लक्ष पछ्याउने क्रममा भारतको खराब ब्याटिंग

२०८ रनको लक्ष पछ्याउने क्रममा यो समाचार तयार पार्दा सम्म भारतले ७६ रनमा ५ विकेट गुमाईसकेको छ।

ओपनर मुरली विजय १३ र शिखर धवन १६ रन बनाएर आउट भएभने त्यसपछि चेतेश्वर पुजाराले ४ रनमा विकेट गुमाए। कप्तान बिराट कोहली पनि २८ रन तथा रोहित शर्मा १० रन बनाउदै आउट भएपछि भारत समस्यामा छ। रिद्दिमान शाह ४ र हार्दिक पान्ड्या ० मा ब्याटिंग गरिरहेका छन्।

डेल स्टेनको अनुपस्थितिमा दक्षिण अफ्रीकाको लागि भेर्नोन फिलान्डरले ३ तथा मोर्ने मोर्केलले २ विकेट हात पारिसकेका छन्।





थप समाचार

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]