रोमान्चक मोडमा भारत-दक्षिण अफ्रीका टेस्ट, कसले जित्ला ?

भारत र दक्षिण अफ्रीका बीच केप-टाउनमा जारि टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्ट रोमान्चक मोडमा पुगेको छ।

पहिलो इनिंगमा ७७ रनको अग्रता लिएर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले दोश्रो इनिंगमा १३० रनमै सबै विकेट गुमाएपछि टेस्टले रोचकता लिएको हो। घरेलु टिम सस्तोमै समेटीएपछि भारतले टेस्ट जित्न २०८ रनको लक्ष पाएको हो।

वर्षाको कारण तेश्रो दिन खेल पुरै प्रभावित भएपछि चौथो दिन दक्षिण अफ्रीकाले ६५/२ को अवस्थामा ब्याटिंग सुरु गरेको थियो।

चौथो दिन पहिलो सत्रमा दक्षिण अफ्रीकालाई लन्च भन्दा अगाडीलाई अलआउट गर्न भारतीय बलर जस्प्रित बुम्रा र मोहम्मद शामीले ३/३ विकेट तथा भुवनेश्वर कुमारले २ विकेट हात पारे। हार्दिक पण्ड्या पनि २ विकेट यस अघिनै आफ्नो नाम गरेका थिए।

दक्षिण अफ्रीकाको लागि ओपनिंग ब्याट्सम्यानद्वय एडेन मार्क्रम र डीन एल्गरले क्रमशः ३४ र २५ रन बनाए। एबी डीभिल्लर्सले ३५ तथा केशभ महाराजले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।

टेस्टको पहिलो इनिंगमा दक्षिण अफ्रीकाले २८६ रन बनाएको थियो जसको जवाफमा भारतले २०९ रन मात्रै बनाउन सकेको थियो।

लक्ष पछ्याउने क्रममा भारतको खराब ब्याटिंग

२०८ रनको लक्ष पछ्याउने क्रममा यो समाचार तयार पार्दा सम्म भारतले ७६ रनमा ५ विकेट गुमाईसकेको छ।

ओपनर मुरली विजय १३ र शिखर धवन १६ रन बनाएर आउट भएभने त्यसपछि चेतेश्वर पुजाराले ४ रनमा विकेट गुमाए। कप्तान बिराट कोहली पनि २८ रन तथा रोहित शर्मा १० रन बनाउदै आउट भएपछि भारत समस्यामा छ। रिद्दिमान शाह ४ र हार्दिक पान्ड्या ० मा ब्याटिंग गरिरहेका छन्।

डेल स्टेनको अनुपस्थितिमा दक्षिण अफ्रीकाको लागि भेर्नोन फिलान्डरले ३ तथा मोर्ने मोर्केलले २ विकेट हात पारिसकेका छन्।

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy