कोहलीको शतक पछि उत्साहित भारतलाई डी-भिल्लर्सको तगारो

२०७४ माघ १, सोमबार २२:२८

  • विकेटनेपाल, १ माघ- सोमबार 

भारत र दक्षिण अफ्रीका बीच जारि टेस्ट सिरिजको दोश्रो टेस्टको तेश्रो दिनको समाप्तिमा दक्षिण अफ्रीकाले ११८ रनको अग्रता लिएको छ।

तेश्रो दिन भारतको इनिंग ३०७ रनमा रोकिएपछि पहिलो इनिंगमा २८ रनको अग्रता पाएको दक्षिण अफ्रीकाले ब्याटिंग सुरु गर्दै दिनको समाप्तिमा ९० रनमा २ विकेट गुमाएको छ।

३ रनको कुल स्कोरमा २ विकेट गुमाएको घरेलु टिमलाई एबि डी भिल्लर्सले अविजित अर्धशतक प्रहार गर्दै खतरामुक्त अवस्थामा ल्याएका छन्। डी भिल्लर्स ५० रन तथा डीन एल्गर ३६ रन बनाएर ब्याटिंग गर्दा वर्षाको कारण तेश्रो दिनको खेल रोकिएको थियो।

भारतको लागि दुवै विकेट जस्प्रित बुम्राले लिएका हुन् ।

डी भिल्लर्स ५० रनमा अविजित छन् 

कोहलीको २१ औं शतक 

टेस्ट करियरकै उत्कृस्ट मध्येको शतक प्रहार गर्दै कोहलीले २१ औं टेस्ट शतक पुरा गर्दा भारतले भने दक्षिण अफ्रीकाको पहिलो इनिंगको स्कोर पार गर्न सकेन।

दोश्रो दिन सकिंदा ८५ रनमा अविजित रहेका भारतीय कप्तानले तेश्रो दिन पनि संघर्ष गर्दै व्यक्तिगत स्कोर १५० पार गराएका थिए भने टिमलाई पनि ३०० पारको योगफलसम्म पुर्याए। कोहली १५३ रन ( २१७ बल, १५ चौका ) को इनिंग खेल्दै अन्तिम विकेटको रुपमा मोर्ने मोर्केलको बलमा आउट भएका थिए।

कोहलीलाई रबिचन्द्रन आश्विनले व्यक्तिगत ३८ रन बनाएर साथ दिए जोसंग सातौ विकेटको लागि कोहलीले ७१ रनको साझेदारी गरे।हार्दिक पान्ड्या १५, मोहम्मद शामी १, इशान्त शर्मा ३ रन बनाएर आउट भए।

दक्षिण अफ्रिकी बलर मोर्ने मोर्केलले सर्बाधिक ४ विकेट ( २२.१-५-६०-४ ) हात पारे।  केशभ महाराज, भेर्नोन फिलांडर, कासिगो रबाडा र लुंगीसानी गीडीको नाममा समान १ विकेट रह्यो।

हेर्नुस फोटोहरुमा 

( फोटो – बिसीसीआई )

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy