T20WC : भारत अझै पुग्न सक्छ सेमीफाइनल, पढ्नुस कसरि

टि-ट्वान्टी विश्वकप सुरु हुनु अघि उपाधि दावेदार मानिएको भारतीय क्रिकेट टिम प्रतियोगिताको पहिलो दुई खेलमा पाकिस्तान र न्युजिल्यान्डसंग क्रमशः १० र ८ विकेटको ठूलो अन्तरले पराजित भएको छ। दुई वटै खेलमा हारपछि सुपर-१२ चरणमा अंकविहिन भारतको सेमीफाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। पाकिस्तानले तिन वटै खेल जितेर सेमीफाइनलमा स्थान पक्का जस्तै गरिसक्दा अफगानिस्तान र न्युजिल्यान्ड सेमीफाइनल रेसमा भारत भन्दा निकै अघि छन्। स्कटल्याण्ड र नामिबियाको भने सेमीफाइनल सम्भावना कमजोर आंकलन गर्न सकिन्छ। समुहमा रहेका ६ वटै टिमले एक अर्कासंग एक/एक खेल ( कुल ५ खेल ) खेलेपछि अंकतालिकाको शिर्ष-२ टिम सेमीफाइनल पुग्नेछ।

सुपर-१२ चरण अन्तर्गत समुह ‘२’ को अंकतालिका

पहिलो दुई खेलमा ठूलो अन्तरको हार पछि अब एउटा मात्र खेलमा पराजित भए भारत प्रतियोगिताबाट बाहिर हुनेछ। तिन वटै खेल जितेको खण्डमा पनि अन्य टिमको नतिजामा भारतको सेमीफाइनल यात्रा निर्भर गर्नेछ। त्यसैले कम्तिमा भारतले बाँकी तिन वटै खेल जितेर ६ अंक बनाउनुपर्नेछ। भारतको नेट रन रेट – १.६०९ छ जुन अन्तिम स्थानको स्कटल्याण्ड ( -३.५६२ ) भन्दा राम्रो हो। भारतले सेमीफाइनल सम्भावना जीवित राख्न बाँकी खेलमा अफगानिस्तान, स्कटल्याण्ड, नामिबियालाई ठूलो अन्तरले पराजित गर्नुपर्नेछ ताकी अन्तिममा अर्को टिमको पनि समान ६ अंक भएको खण्डमा नेट रन रेटमा भारतको अघि जाने सम्भावना रहन्छ।

भारतले बाँकी खेलमा जितेर मात्र हैन अन्य टिमको नतिजाले समेत साथ दिनुपर्नेछ। पाकिस्तानको दोश्रो चरण निश्चित जस्तो देखिएको हुँदा न्युजिल्यान्ड र अफगानिस्तानबाट भारतलाई खतरा छ। अफगानिस्तानले तिन खेल खेल्दा दुई जित तथा न्युजिल्यान्डले दुई खेलमा एक जित दर्ता गरेको छ। अफगानिस्तान र न्युजिल्यान्ड दुवैले ६ अंक भन्दा बढी नबनाउन भन्ने चाहना भारतको हुनेछ। अफगानिस्तानले अब भारत र न्युजिल्यान्डसंग प्रतिस्पर्धा गर्न बाँकि रहेको छ। न्युजिल्यान्डले स्कटल्याण्ड, नामिबिया र अफगानिस्तानसंग खेल्न बाँकी रहेको छ।

भारतले आगामी खेलमा अफगानिस्तान सहित स्कटल्याण्ड र नामिबियालाई विशाल अन्तरले पराजित गर्ने हो उसको ६ अंक हुनेछ भने नेट रन रेट पनि ठूलो सुधार हुनेछ। र, त्यसको साथै न्युजिल्यान्डले बाँकी तिन खेल मध्ये कम्तिमा एउटा खेलमा हार बेहोर्ने हो भने उसको पनि ६ अंकनै हुनेछ भने अफगानिस्तानको पनि बढीमा ६ अंकनै हुनेछ। न्युजिल्यान्डको प्रतियोगितामा लय हेर्दा स्कटल्याण्ड र नामिबियासंग हार बेहोर्ने अवस्था देखिन्न। त्यसैले अफगानिस्तान र न्युजिल्यान्ड बीचको खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गरेको खण्डमा मात्र भारतको सेमीफाइनल सम्भावना बढी देखिन्छ। अफगानिस्तान र न्युजिल्यान्ड बीच नोभेम्बर ७ तारिखमा खेल हुनेछ जुन खेलमा सबैको नजर हुनेछ। न्युजिल्यान्डले अफगानिस्तानलाई पराजित गरेको खण्डमा भने भारतको सेमीफाइनल ढोका बन्द हुन सक्छ। वर्तमान लय देख्दा न्युजिल्यान्ड स्कटल्याण्डर नामिबियासंग हार्ने सम्भावना देखिदैन। न्युजिल्यान्डको ४ जित भएको खण्डमा ८ अंक हुनेछ र स्वतः भारतको ढोका बन्द हुनेछ।

भारतलाई सेमीफाइनल पुर्याउन स्कटल्याण्ड र नामिबियाले पनि साथ दिन सक्छन्। त्यसको लागि दुई टिम मध्ये एउटा टिमले न्युजिल्यान्डलाई अप्रत्यासित हार दिलाउनु पर्नेछ। त्यसो भएको खण्डमा न्युजिल्यान्डले अफगानिस्तानलाई पराजित गरेता पनि न्युजिल्यान्ड ६ अंकमा सिमित हुन सक्नेछ। न्युजिल्यान्डले नोभेम्बर ३ तारिखमा स्कटल्याण्ड तथा नोभेम्बर ५ तारिखमा नामिबियासंग खेल्नेछ जुन खेलमा न्युजिल्यान्डको हारको कामना भारतले गर्नेछ। स्कटल्याण्ड र नामिबिया दुवै टिमले पाकिस्तानलाई पराजित गर्ने हो भने पनि पाकिस्तान ६ अंकमा सिमित हुनेछ जुन सम्भावना सबैभन्दा कम देखिन्छ।

समुह ‘२’ का बाँकी खेलहरु :

नोभेम्बर २ : पाकिस्तान vs नामिबिया

नोभेम्बर ३ : न्युजिल्यान्ड vs स्कटल्याण्ड र भारत vs अफगानिस्तान

नोभेम्बर ५ : न्युजिल्यान्ड vs नामिबिया, भारत vs स्कटल्याण्ड

नोभेम्बर ७ : न्युजिल्यान्ड vs अफगानिस्तान र पाकिस्तान vs स्कटल्याण्ड





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]