पहिलो दिन भारतको दबदबा

  • विकेटनेपाल, मङ्सिर ८ – शुक्रबार 

भारतमा जारि श्रीलंका र भारत बीचको टेस्ट शृंखला अन्तर्गतको दोश्रो टेस्ट नागपुरमा सुरु भएको छ।

पहिलो दिनको खेल सकिंदा भ्रमण टोलि श्रीलंकाले टस जितेर ब्याटिंग गर्दै २०५ रनमै सबै विकेट गुमाएपछि भारतले ब्याटिंग सुरुवात गरेको छ। १ विकेट गुमेर ११ रन बनाउदा दिनको समाप्ति हुँदा ओपनर लोकेश राहुल ७ रनमा आउट भइसकेका छन् भने मुरली विजय र चेतेश्वर पुजारा समान २ रनमा नटआउट छन्। पहिलो इनिंगमा भारत १९४ रनले पछि रहेकोछ।

सुरुवात देखि लगातार विकेट गुमाएको श्रीलंकाको लागि ओपनर डिमुथ करुनारत्ने र कप्तान दिनेश चण्डीमालले अर्धशतकीय योगदान दिएपनि अन्य ब्याट्सम्यानले ठुलो स्कोर बनाउन सकेनन्। ओपनर सदिरा समरबिक्रमा १३, लहिरु थिरमाने ९, एन्जेलो म्यथुज १०, निरोशन डिकवेला २४ तथा दासुन शानाका २ रन बनाएर पेभेलियन फर्किए।

डिमुथ करुनारत्ने र कप्तान दिनेश चण्डीमालले अर्धशतक प्रहार गरे

करुनारत्नेले ५१ रन बनाउन १४७ बलमा ६ चौका प्रहार गरे भने चण्डीमालले ५७ रन बनाउन १२२ बलमा १ छक्का र ४ चौका प्रहार गरेका थिए। करुनारत्नेलाई इशान्त शर्माले बोल्ड गरेका थिए भने चण्डीमाल रबिचन्द्रन आश्विनको बलमा एलबिडब्लु भए। दुवैले चौथो विकेटको लागि ६२ रनको साझेदारी गरेका थिए भने डिकवेला र चण्डीमालले ३८ रनको साझेदारी गरेपनि श्रीलंकन ब्याट्सम्यानहरु धेरै बेर विकेटमा जम्न नसक्दा ७९.१ ओभरमै सबै विकेट गुमाएको थियो।

इशान्त शर्माले ३ विकेट हात पारे

भारतको लागि रबिचन्द्रन आश्विनले सर्बाधिक ४ विकेट हात पारे भने इशान्त शर्मा र रबिन्द्र जडेजाले समान ३/३ विकेट आफ्नो नाम गरे। आश्विनले २८.१ ओभरमा ७ मेडन ओभर सहित ६७ रन खर्चिएका थिए ।  इशान्तले १४ ओभरमा ३ मेडन ओभर सहित ४३ रन खर्चे भने जडेजाले २१ ओभरमा ५६ रन खर्चादा ४ मेडन ओभर फाले।

यसअघि कोलकातामा सम्पन्न रोमान्चाक पहिलो टेस्ट बराबरीमा सम्पन्न भएको थियो। टेस्ट शृंखला पछि दुवै टिमले ३ वटा एकदिवसीय र त्यसपछि ३ वटा टि-२० सिरिज खेल्नेछ।

ड्रिक्स ब्रेकको दौरान स्पाइडर क्यामरा नियाल्दै रोहित शर्मा
आश्विनले ४ विकेट आफ्नो नाम गरे

( फोटोहरु – भारतीय क्रिकेट बोर्ड – बिसीसीआई )





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]