२००७ पछि पहिलो पटक आएरल्याण्ड जाँदै भारत

विकेटनेपाल- २७ पौष , बिहिवार

गत बर्ष जुनमा टेस्ट रास्ट्रको मान्यता पाएको आयरल्यान्डले भारतीय टिमसंग यो बर्ष आफ्नै घरमा खेल्ने भएको छ

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले बुधवार दिएको जानकारी अनुसार, भारतले आगामी जुन माहिनामा आएरल्याण्ड बिरुद्ध दुई खेल खेल्ने भएको हो। भारतले आगामी जुनमा आएरल्याण्ड बिरुद्ध २ टि-२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ।

जुलाई महिनामा भारतले गर्ने इंगल्याण्डको भ्रमण अघि आएरल्याण्डमा गएर भारतले टि-२० खेल खेल्नेछ। दुवै खेल आएरल्याण्डको डब्लिन मैदानमा जुन २७ र २९ तारिखमा हुने तालिका छ।

टेस्ट मान्यता पाएको १ बर्ष पुगेपनि पहिलो टेस्ट हालसम्म नखेलेको आयरल्याण्डले पाकिस्तानसंग मे ११-१५ मा पहिलो टेस्ट खेल्ने तय भइसकेको छ। 

अन्तिमपटक भारतले आएरल्याण्डको भ्रमण सन् २००७ को जुनमा गरेको थियो। सो भ्रमणका क्रममा भारतले आएरल्याण्ड बिरुद्ध बेलफास्तमा एउटा एकदिवसीय खेल खेलेको थियो जुन खेलमा भारत ९ विकेटले बिजयी भएको थियो । त्यहि भ्रमणकै क्रममा बेलफास्टमै भारतले दक्षिण अफ्रिका बिरुद्ध तिन एक दिवसीय समेत खेलेको थियो।

आयरल्याण्ड प्रशिक्षक ग्राम फोर्डले भ्रमणलाई ठुलो अवसरको रुपमा लिएका छन्-

“यो गजबको खबर हो खेलाडीहरु र फ्यानहरुको लागि। टिमको लागि पक्कै पनि यो कठिन चुनौती हुनेछ तर यो अवसर पनि हो घरेलु दर्शकको अगाडी आफ्नो ट्यालेन्ट देखाउने।”

आयरल्याण्ड प्रशिक्षक ग्राम फोर्ड

“मलाई बिश्वास छ खेलाडीहरुले यो अवसरको राम्रो सदुपयोग गर्नेछ, अझ उनीहरुको राम्रो प्रदर्शनले इन्डियन प्रिमियर लिग ( आईपीएल ) को बाटो समेत खोल्न सक्नेछ”
भारतले आएरल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय खेल एउटा मात्र खेलेको छ। इंगल्याण्डको ट्रेन्ट ब्रिजमा सन् २००७ मा भारतले आएरल्याण्डसंग एक टि-२० खेल खेलेको थियो। भारतले सो खेलको नतिजा ८ विकेटले आफ्नो नाम गरेको थियो।

आएरल्याण्डको छोटो भ्रमण पछि भारत इंगल्याण्डतर्फ प्रस्थान गर्नेछ। इंगल्याण्डमा रहंदा भारतले ३ टि-२०, ३ एक दिवसीय र ५ टेस्ट खेल्ने टुंगो लागेको छ।

 





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]