कोहलीको बिशाल शतक, दक्षिण अफ्रिकालाई ३०४ रनको लक्ष्य

२०७४ माघ २४, बुधबार २१:४६

  • विकेटनेपाल, माघ २४ – बुधबार

भारतको दक्षिण अफ्रिका भ्रमण अन्तर्गतको तेस्रो एकदिवसीय खेल अहिले कप टाउनमा चलिरहेको छ ।

खेलमा भारतका लागि कप्तान विराट कोहलीले आफ्नो करियरको ३४ औं शतक बनाएपछि दक्षिण अफ्रिकाले जितका लागि ३०४ रनको लक्ष्य पाएको छ।

पहिलो विकेटको रुपमा खाता नखोल्दै पहिलो ओभरको अन्तिम बलमा रोहित शर्मालाई गुमाएको भारतको पारि कप्तान कोहली र शिखर धवनले सम्हाले । दोश्रो विकेटको लागि १४० रनको साझेदारी गर्नेक्रममा कोहलीले अविजित १६० रन (१५९ बल, १२ चौका, २ छक्का ) तथा धवनले ७६ रन (६३ बल, १२ चौका) को पारि खेलेका थिए ।

शिखर धवनले अर्धशतक प्रहार गरेपछि तारिफ गर्दै कोहली

त्यसपछि टिमको खातामा थप २० रन जोड्दै गर्दा अजिंक्या रहाणे ११ रनको व्यक्तिगत स्कोरमा आउट भए । हार्दिक पान्ड्यले १४, महेन्द्र   सिंह धोनीले १० र केदार जाधवले १ रन प्रहार गर्दै आउट भए ।

त्यसपछि आएका भुवनेश्वर कुमारले अविजित १६ रन (१९ बल, १ चौका ) बनाउदै ७ औं विकेटको लागि कोहलीसँग अविजित मिलेर ६७ रनको साझेदारी गरे ।

दक्षिण अफ्रिकाको लागि जेपि डुमिनीले २ विकेट लिन १० ओभरमा ६० रन खर्चे भने कागीसो रबाडा, क्रिस मोरिस, अन्दिले फेहलुक्क्वायो र इमरान ताहिरले समान १/१ विकेट हात पारे ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy