भारतको लाजमर्दो ब्याटिंग

  • विकेटनेपाल, माघ १० – बुधबार

दक्षिण अफ्रिका भ्रमण अन्तर्गत तेश्रो तथा अन्तिम टेस्टमा पनि पाहुना टोलि भारतले खराब सुरुवात गरेको छ। पहिलो २ टेस्टमा भारत पराजित भएपछि २-० ले शृंखला दक्षिण अफ्रीकाले जितीसकेको छ।

जोहानेस्बर्गमा बुधबार सुरु भएको टेस्टमा टस जितेर पहिले ब्याटिंग गरेको भारतले मात्र १८७ रन बनाउने क्रममा सबै विकेट गुमाएको हो।

जवाफमा उत्रेको दक्षिण अफ्रिकाले दिनको समाप्तीमा १ विकेट गुमाउदै ६ रन बनाएको छ र भारतभन्दा १८१ रनले पछाडी छ । उसका अईडेन मार्क्रमलाई २ रनको व्यक्तिगत स्कोरमा भुवनेश्वर कुमारले पार्थिव पटेलको हातबाट क्याच गराए । क्रिजमा डीन एल्गर ४ रन तथा नाइट वाचम्याच कागीसो रबाडा शुन्य रनमा खेलिरहेका छन् ।

भारतको ब्याटिंग फेरी फ्लप 

भारतले खराब सुरुवात गर्दा पहिलो विकेटका लागि ओपनरद्वय लोकेश राहुल र मुरली विजयले मात्र ७ रनको योगदान गरे। राहुलले खाता नखोली मात्र ७ बलमा फिलान्डरको बलमा विकेट किपरको हातबाट समातिए । विजयपनि टिमको स्कोर १३ रन हुदा व्यक्तिगत ८ रनमा रबाडाको  बलमा विकेट किपरकै हातबाट समातिए ।

त्यसपछि कप्तान विराट कोहली र चेतेश्वर पुजाराले तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए। तर कोहली टिमको स्कोर ९७ हुँदा व्यक्तिगत ५४ रन (१०६ बल, ९ चौका) बनाउदै लुंगी न्गिडीको बलमा तेस्रो स्लिपमा एबि डी भिल्लियार्सको हातबाट समातिए।

चेतेश्वर पुजारापनि अर्धशतक प्रहार गरेपछि फेह्लुक्वायोको बलमा आउट भए । पुजाराले ५० रनको पारि खेल्नेक्रममा १७९ बलमा ८ चौका प्रहार गरे। अजिंक्या रहानेलाई ९ रनको स्कोरमा मोर्ने मोर्केलले पेभेलियनको यात्रा गराए। त्यसपछि हार्दिक पान्ड्या र इशान्त शर्मा खाता नखोली आउट हुँदा मोहम्मद शामीले १ चौका सहित ८ रन बनाए।

२६ रन अतिरिक्त पाएको भारतलाई अन्तिम विकेटका लागि २१ रनको साझेदारी गर्नेक्रममा भुवनेश्वर कुमारले ३० रनको योगदान दिए भने जस्प्रित बुम्राहले खाता नखोली साथ दिए। भुवनेश्वर अन्तिम विकेटको रुपमा ४९ बल खेल्दै ४ चौका प्रहार गरेपछि रबाडाको बलमा आउट भए।

दक्षिण अफ्रिकाका लागि कागीसो रबाडाले ३९ रन खर्चेर ३ विकेट हात पार्दा फेह्लुक्वायो, फिलान्डरले र मोर्केलले समान २ विकेट हात पारे। १ विकेट हात पार्नेक्रममा लुंगी न्गिडीले विराट कोहलीको विकेट झारे ।

 

 

भुवनेश्वर कुमारले १ विकेट हात पारे

( फोटोहरु – बिसीसीआई )





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]