काठमाडौँ । युएईमा आयोजना हुने एसिया कप २०२५ को तालिका सार्वजनिक भएकाे छ।
एसियन क्रिकेट काउन्सिलले शनिबार गरेकाे खेल तालिका अनुसार भारत र पाकिस्तान एउटै समूहमा छन्। भारत, पाकिस्तानसँगै समूह ए मा युएई, ओमान छन् भने श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ समूह बी मा रहेका छन्।
प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तान र हङकङ खेल्दैछन्। टी २० ढाँचाकाे हुने प्रतियोगितामा ८ देशका पुरुष टाेलीबीच ९ सेप्टेम्बरदेखि २८ सेप्टेम्बरसम्म प्रतिस्पर्धा हुने भएको हाे।
यस्तै, भारत र पाकिस्तानबीचको खेल सेप्टेम्बर १४ आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ। खेलहरू दुबई र अबुधाबीमा खेलिनेछन्।
