कोहलीको शतकमा दक्षिण अफ्रिका पराजित

  • विकेटनेपाल, माघ १८ – बिहिबार

दक्षिण अफ्रिका र भारतबीच आजदेखि ६ वटा एकदिवसीय क्रिकेटको सिरिज सुरु भएको छ।

सिरिज अन्तर्गत डर्बनमा आज भएको पहिलो एकदिवसीय क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटको अन्तरले पराजित गरेको छ ।

भारतको इनिंग

दक्षिण अफ्रिकाले दिएको २७० रनको लक्ष्य भारतले मात्र ४५.३ ओभरमा ४ विकेट गुमाउदै पुरा गरेको हो । भारतको जितमा कोहलीले आफ्नो एकदिवसीय करियरको ३३ औं शतक प्रहार गरे । ११२ रन बनाएका उनले ११९ बलमा १० चौका प्रहार गरे ।

यस्तो तेस्रो विकेटको लागि कोहलीले रहानेसँग मिलेर १८९ रनको साझेदारी गरे जुन भारतका लागि दक्षिण अफ्रिका बिरुद्द दक्षिण अफ्रिकामा दोश्रो सर्बाधिक धेरै हो । पहिलो स्थानमा सचिन तेन्दुलकर र सौरव गांगुलीले सन् २००१ मा बनाएको १९३ रन रहेको छ । रहाने ले ७९ रन प्रहार गर्नेक्रममा ८६ बलमा ५ चौका र २ छक्का हाने ।

यस्तै शिखर धवनले ३५ रन (२९ बल, ६ चौका) तथा रोहित शर्माले २० रन (३० बल, २ चौका, १ छक्का) प्रहार गर्दै पहिलो विकेटको लागि ३३ रनको साझेदारी गरेका थिए ।

पहिलो विकेटको रुपमा रोहित आउट भएपछी धवनले कोहलीसँग मिलेर दोश्रो विकेटको लागि ३४ रनको साझेदारी गरेका थिए ।

धोनीले चौका (४ रन, ३ बल) प्रहार गरेपछि भारतले डर्बान मैदानमा पहिलो जित दर्ता गरेको छ । हार्दिक पान्ड्यले ३ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाको लागि एन्डीले फेह्लुक्वायोले  २ विकेट लिए भने मोर्ने मोर्केलले १ विकेट हात पारे ।

दक्षिण अफ्रिकाको इनिंग

यसअघि  टस जितेर पहिले ब्याटिंग गरेको घरेलु टोलिले ५० ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको थियो। कप्तान फाफ डु प्लेसिसले आफ्नो करियरको नवौं शतक प्रहार गरे। १२० रन प्रहार गरेका उनले ११२ बलमा ११ चौका र २ छक्का हाने।

हसिम अमलाले १६ रन (१७ बल, १ चौका) र क्विन्टन डीकक् ले ३४ (४९ बल, ४ चौका) रन प्रहार गरे। त्यस्तै एबि डी भिल्लियर्स घाइते भएपछी उनको ठाउँमा आएका एईडेन मार्क्रमले मात्र ९ रन बनाउदा जेपि डुमिनीले १२ तथा डेविड मिलरले ७ रन बनाए ।

कुनै समय १३२/५ को स्थितिमा रहेको दक्षिण अफ्रिकालाई क्रिस मोरिस र कप्तान डु प्लेसिसले छैठौं विकेटको लागि ७४ रनको साझेदारी गरेका थिए । मोरिस ३७ रन (४३ बल, ४ चौका, १ छक्का) बनाएर आउट भए ।

त्यसपछि डु प्लेसिस आउट हुनुअघि एन्डीले फेह्लुक्वायोसँग मिलेर सातौँ विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए। फेह्लुक्वायोले अविजित २७ रन (३३ बल, १ चौका, १ छक्का) बनाए।

भारतका लागि कुलदीप यादवले ३ विकेट हात पार्न १० ओभरमा ३४ रन खर्चिदा चाहलले पनि ४५ रन खर्चेर २ विकेट हात पारे। जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले १/१ विकेट लिए ।

खेलमा विराट कोहली म्यान अफ द म्याच घोषित भए ।

यो सँगै भारतले सिरिजमा १-० को अग्रता लिएको छ ।

यस्तो छ खेलतालिका:

दोश्रो एकदिवसीय: ४ फेब्रुअरी, सेन्चुरियन

तेस्रो एकदिवसीय: ७ फेब्रुअरी, केप टाउन

चौथो एकदिवसीय: १० फेब्रुअरी, जोहानेसवर्गमा

पाचौं एकदिवसीय: १३ फेब्रुअरी, पोर्ट एलिजावेद

छैठौं एकदिवसीय: १६ फेब्रुअरी, सेन्चुरियन

(Pictures: @BCCI.TV)





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]