- विकेटनेपाल, माघ २० – शनिबार
न्युजिल्याण्डमा आयोजित यु१९ विश्वकपको फाइनल खेलमा अस्ट्रेलियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै भारतले उपाधी उचालेको छ ।
भारतको इनिंग
बेय ओभल मैदानमा अस्ट्रेलियाले दिएको २१६ रनको लक्ष्य भारतले ३८.५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा ओपनर मंजोत कलराले अविजित १०१ रनको पारि खेले । १०२ बलको सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे ।
पहिलो विकेटको लागि कालराले कप्तान पृथ्वी शसँग मिलेर ७१ रनको तथा दोश्रो विकेटको लागि शबनम गिलसँग मिलेर ६० रनको साझेदारी गरेका थिए । कप्तान श २९ रन बनाएर तथा गिल ३१ रन बनाएर आउट भए ।
तेस्रो विकेटको लागि विकेट किपर हार्विक देसाईले कलरासँग मिलेर अविजित ८९ रनको साझेदारी गर्दै भारतलाई विश्वकपको उपाधी दिलाए । देसाईले अविजित ४७ रनको पारी खेले ।
अस्ट्रेलियाका लागि जाक ईभान्स परम उपलले १/१ विकेट हात पारे ।
अस्ट्रेलियाको इनिंग
यसअघि टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको अस्ट्रेलियाले ४७.२ ओभरमा २१६ रनमै सम्पूर्ण विकेट गुमाएपछि जितको लागि भारतले २१७ रनको लक्ष्य दिएको थियो ।
सुरुवात देखि निरन्तर अन्तरालमा विकेट गुमाएको अस्ट्रेलियाले पहिलो ३ विकेट ५९ रनमै गुमाएको थियो। जसपछि चौथो विकेटको लागि जोनाथन मेर्लो र परम उप्पलले ७५ रनको साझेदारी गर्दै टिमको योगफल उकासेका थिए।
उप्पल ३४ रन बनाएर आउट भएपछि पाँचौ विकेटको साझेदारीको रुपमा मेर्लोले नाथन म्याकस्वीनेसंग ४९ रनको साझेदारी गरे। म्याकस्वीने २३ रन बनाएर आउट भए जसपछि मेर्लो पनि ७६ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा अस्ट्रेलियाको इनिंग धरासायी बन्न पुग्यो। मेर्लोले १०२ बलमा ६ चौका प्रहार गरे।
अस्ट्रेलियालाई सानो योगफलमै रोक्न भारतीय बलर शिभ सिंह, इशान पोरेल, कमलेश नगरकोटी र अनुकुल रोयले समान २ विकेट आफ्नो नाम गरे भने शिभम माभीले १ विकेट हात पारे।
शतक प्रहार गरेका भारतका ओपनर मंजोत कलरा म्यान अफ द म्याच तथा प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरेका भारतकै शबनम गिल म्यान अफ द सिरिज घोषित भए ।
(Pictures: @ICC)