भारतलाई सिरिज, पान्ड्याको आक्रामण अघि फिंचको शतक छायाँमा

  • विकेटनेपाल, असोज ८ 

अस्ट्रेलियालाई तेश्रो एकदिवसीयमा ५ विकेटले पराजित गर्दै भारतले ५ एकदिवसीयको सिरिज २ खेल अगाबै ३-० ले जितेको छ।

हल्कोर क्रिकेट स्टेडियम, इन्दोरमा सम्पन्न तेश्रो एकदिवसीयमा टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियाले पहिलो इनिंगमा ५० ओभर ब्याटिंग गर्दै २९३/६ को स्कोर बनाएको थियो। उसको लागि ओपनर आरोन फिन्चले करियरको सातौं एकदिवसीय शतक प्रहार गर्दै १२४ रन बनाउने क्रममा १२ चौका र ५ चौका प्रहार गरेका थिए । अर्का ओपनर डेभिड वार्नरले ४२ तथा कप्तान स्टिभ स्मिथले ६३ रन योगदान दिए ।

फिंचले  सातौं एकदिवसीय शतक प्रहार गर्दै १२४ रन बनाए

उत्कृस्ट सुरुवात पछि अस्ट्रेलियाले ४२ औं ओभरमा २४३ रन जोड्दा २ विकेट गुमाएको थियो जुन अवस्थामा तेश्रो विकेट गुमाएपछि लगातार विकेट झरेको थियो । तल्लो क्रमका ब्याट्सम्यानहरुले सुरुवातलाई ठुलो स्कोरमा परिणत गर्न नसक्दा अस्ट्रेलियाले पुरै ५० ओभरमा २९३ रन मात्रै बनाउन सकेको थियो ।

भारतीय बलर कुलदिप यादब र जस्प्रित बुम्राले २/२ विकेट तथा युभेन्द्र चाहल र हार्दिक पान्ड्याले १-१ विकेट आफ्नो नाम गरेका थिए । यादबले १० ओभरमा ७५ रन खर्चिएका थिए भने बुम्राले १० ओभरमा ५२ रन खर्चिए ।

पान्ड्याको आक्रामक इनिंग 

२९४ रनको लक्ष पछ्याउने क्रममा भारतले राम्रो सुरुवात गर्यो । ओपनर अजिंके रहानेले ७० तथा रोहित शर्माले ७१ रनको इनिंग खेल्दै पहिलो विकेटको लागि १३९ रनको साझेदारी गरे । कप्तान बिराट कोहली २८ रन बनाएर आउट भएपछि चौथो नम्बरमा हार्दिक पान्ड्या ब्याटिंग गर्न आएका थिए ।

रोहित शर्माले ७१ रन बनाए

पान्ड्याले ७८ रनको इनिंग खेलेका थिए जुन क्रममा ४ छक्का र ५ चौका प्रहार गर्दै अस्ट्रेलियाको सिरिज कम्ब्याकको चाहना चकनाचुर पारे ।पान्ड्यालाई कमिन्सले आउट गरे जसपछि मनिष पाण्डेले अविजित ३६ तथा धोनीले अविजित ३ रन बनाउदै भारतलाई ४७.५ ओभरमा जित सम्म पुर्याएका थिए ।

खेलको प्लेयर अफ द म्याच हार्दिक पान्ड्या घोषित भए। पान्ड्याले यस अघि पहिलो एकदिवसीयमा ८३ रनको इनिंग खेलेका थिए ।

भारतले दोश्रो एकदिवसीय ५० रनले तथा पहिलो एकदिवसीय २६ रनले जितेको थियो ।





थप समाचार

नेपाल र हङकङबीचको रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]