भारतको कीर्तिमानी जित, दोश्रो खेल आज

२०७४ पुष ७, शुक्रबार ०९:३७

  • विकेटनेपाल, पौष  ७ – शुक्रबार

भारतीय स्पिनरले कसिलो बलिंग गरेपछी भारत र श्रीलंकाबीच जारी टि-ट्वान्टी श्रंखलाको पहिलो खेलमा भारतले विशाल जित हातपारेको छ।

बुधबार कट्टकमा सम्पन्न तिन टि-ट्वान्टीको श्रंखला अन्तर्गतको पहिलो खेलमा भारतले श्रीलंकालाई ९३ रनले पराजित गरेको छ। यो टि-ट्वान्टी अन्तराष्ट्रियमा भारतको सबैभन्दा ठुलो जितपनि हो। यसभन्दा अघि सन् २०१२ मा श्रीलंकालाई नै ९० रनले पराजित गरेको थियो जुन अहिलेसम्मको फराकिलो जित थियो ।

भारतले दिएको १८१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १६ ओभरमा सबै विकेट गुमाउंदै मात्र ८७ रन जोड्न सक्यो। श्रीलंकाका लागि उपुल थरंगाले २३, कुशल परेराले १९, निरोशन डीक्वेलाले १३ र दुश्मन्थ चमीराले १२ रन बनाउन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन्।

श्रीलंकाको इनिंगमा उच्च स्कोरर रहेका उपुल थरंगाले युजभेन्द्र चहलको बलमा महेन्द्रसिंह धोनीको हात बाट क्याच हुनअघि १६ बलमा २३ रन बनाए। १८१ रनको ठूलो लक्ष्य पाएको श्रीलंकाको लगातार रुपमा विकेट झर्दा कुनै ब्याट्समेनपनि क्रिजमा जम्न सकेनन्।

श्रीलंकाको ब्याटिंगलाई ध्वस्त गर्ने क्रममा भारतीय स्पिनरहरु युजभेन्द्र चहल र कुलदीप यादवले सानदार बलिंग गरे। आफ्नो ४ ओभरको बलिंग कोटा पुरा गर्दा चहलले ४ विकेट लिए। उनले लिएका ४ मध्ये ३ विकेटमा महेन्द्रसिंह धोनी संलग्न थिए। त्यस्तै अर्का स्पिनर कुलदीप यादवले पनि २ विकेट लिए। हार्दिक पान्डयाले ३ विकेट लिएको खेलमा जयदेव उनद्कड़ले पनि १ विकेट लिएका थिए।

यसअघि टस हारेपछि पहिले ब्याटिंगको निम्तो पाएको घरेलु टोलि भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८० रन बनाएको थियो। भारतका लागि ओपनर लोकेश राहुलले ६१ रनको इनिंग खेले। श्रीलंका बिरुद्धको टेस्ट श्रंखलापछि पहिलो पटक टोलीमा आएका राहुलले ४८ बलमा ६१ रन प्रहार गरेका थिए। त्यस्तै मनिष पाण्डेले ३२ र महेन्द्रसिंह धोनीले ३९ रनको योगदान दिएका थिए।

फिक्का देखिएको श्रीलंकाको बलिंगमा एन्जलो मेथिउज, नुवान प्रदीप र थिसरा परेराले समान १-१ विकेट लिए। अन्य बलर विकेट बिहिन रहंदा भारतले ठूलो स्कोर बनाउन सक्यो।

जारि श्रीन्खलाको दोश्रो खेल आज हुदैछ जहा श्रीलंका सिरिज बराबर गर्ने दाउमा हुनेछ भने भारत लगातार दोश्रो जित सहित सिरिज कब्जा गर्ने दाउमा हुनेछ ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy