भारतको कीर्तिमानी जित, दोश्रो खेल आज

  • विकेटनेपाल, पौष  ७ – शुक्रबार

भारतीय स्पिनरले कसिलो बलिंग गरेपछी भारत र श्रीलंकाबीच जारी टि-ट्वान्टी श्रंखलाको पहिलो खेलमा भारतले विशाल जित हातपारेको छ।

बुधबार कट्टकमा सम्पन्न तिन टि-ट्वान्टीको श्रंखला अन्तर्गतको पहिलो खेलमा भारतले श्रीलंकालाई ९३ रनले पराजित गरेको छ। यो टि-ट्वान्टी अन्तराष्ट्रियमा भारतको सबैभन्दा ठुलो जितपनि हो। यसभन्दा अघि सन् २०१२ मा श्रीलंकालाई नै ९० रनले पराजित गरेको थियो जुन अहिलेसम्मको फराकिलो जित थियो ।

भारतले दिएको १८१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १६ ओभरमा सबै विकेट गुमाउंदै मात्र ८७ रन जोड्न सक्यो। श्रीलंकाका लागि उपुल थरंगाले २३, कुशल परेराले १९, निरोशन डीक्वेलाले १३ र दुश्मन्थ चमीराले १२ रन बनाउन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन्।

श्रीलंकाको इनिंगमा उच्च स्कोरर रहेका उपुल थरंगाले युजभेन्द्र चहलको बलमा महेन्द्रसिंह धोनीको हात बाट क्याच हुनअघि १६ बलमा २३ रन बनाए। १८१ रनको ठूलो लक्ष्य पाएको श्रीलंकाको लगातार रुपमा विकेट झर्दा कुनै ब्याट्समेनपनि क्रिजमा जम्न सकेनन्।

श्रीलंकाको ब्याटिंगलाई ध्वस्त गर्ने क्रममा भारतीय स्पिनरहरु युजभेन्द्र चहल र कुलदीप यादवले सानदार बलिंग गरे। आफ्नो ४ ओभरको बलिंग कोटा पुरा गर्दा चहलले ४ विकेट लिए। उनले लिएका ४ मध्ये ३ विकेटमा महेन्द्रसिंह धोनी संलग्न थिए। त्यस्तै अर्का स्पिनर कुलदीप यादवले पनि २ विकेट लिए। हार्दिक पान्डयाले ३ विकेट लिएको खेलमा जयदेव उनद्कड़ले पनि १ विकेट लिएका थिए।

यसअघि टस हारेपछि पहिले ब्याटिंगको निम्तो पाएको घरेलु टोलि भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८० रन बनाएको थियो। भारतका लागि ओपनर लोकेश राहुलले ६१ रनको इनिंग खेले। श्रीलंका बिरुद्धको टेस्ट श्रंखलापछि पहिलो पटक टोलीमा आएका राहुलले ४८ बलमा ६१ रन प्रहार गरेका थिए। त्यस्तै मनिष पाण्डेले ३२ र महेन्द्रसिंह धोनीले ३९ रनको योगदान दिएका थिए।

फिक्का देखिएको श्रीलंकाको बलिंगमा एन्जलो मेथिउज, नुवान प्रदीप र थिसरा परेराले समान १-१ विकेट लिए। अन्य बलर विकेट बिहिन रहंदा भारतले ठूलो स्कोर बनाउन सक्यो।

जारि श्रीन्खलाको दोश्रो खेल आज हुदैछ जहा श्रीलंका सिरिज बराबर गर्ने दाउमा हुनेछ भने भारत लगातार दोश्रो जित सहित सिरिज कब्जा गर्ने दाउमा हुनेछ ।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]