IPL Match 14 : लय पाएको हैदरावादलाई चेन्नाईको चुनौती

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शुक्रबार १४ औं खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किङ्ग्स र डेभिड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदराबादबिच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।

अंकतालिकामा अवस्था : दुबै टोली ३ खेलमा समान एक जित र दुई हार पछि अकंतालिकाको सातौँ ( सनराइजर्स हैदराबाद) र आठौँ (चेन्नाई सुपर किङ्ग्स) स्थानमा छन्।

चेन्नाईको प्रतियोगितामा नतिजा :- साविक उपविजेता चेन्नाई सुपर किङ्ग्सले लिगको उद्घाटन खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। दोस्रो खेलमा राजस्थान रोयल्स विरुद्ध १६ रनले पराजित भएको चेन्नाई तेस्रो खेलमा दिल्ली क्यापिटल्स विरुद्ध ४४ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

सनराइजर्स हैदराबादको प्रतियोगितामा नतिजा :- डेभिड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदराबाद आफ्नो पहिलो खेलमा रोयल च्यालेंजर्स बैंगलोर विरुद्ध १० रनले तथा दोस्रो खेलमा कोलकाता नाइट राइडर्स विरुद्ध ७ विकेटले पराजित भएको थियो। हैदराबादले पछिल्ल्लो खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै आफ्नो पहिलो जित दर्ता गरेको थियो।

दिल्ली बिरुद्ध जित पछि हैदरावादले आत्मविश्वास पाएको छ

हेड टु हेड :- हालसम्म यी दुई टोलीबिच १२ पटक प्रतिस्पर्धा भएको छ जसमा चेन्नाईको दबदबा रहेको छ। चेन्नाईले ९ खेलमा जित हात पार्दा हैदराबाद मात्र ३ खेलमा विजयी भएको छ। गत सिजन दुबै टोलीले समान १-१ जित हात पारेका थिए। पहिलो खेलमा हैदराबाद ६ विकेटले विजयी हुँदा चेन्नाईले दोस्रो खेलमा ६ विकेटकै जित हात पारेको थियो। २०१८ को सिजनमा चेन्नाईले हैदराबादलाई ४ पटक पराजित गरेको थियो जून क्रममा फाइनल खेलमा ८ विकेटले पराजित गर्दै आफ्नो तेस्रो उपाधी जितेको थियो।

खेल हुने मैदान :- जारी सिजन दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा ६ खेल खेलिएको छ जसमध्य पहिले ब्याटिंग गर्ने टोलीले ४ खेलमा जित हात पार्दा २ खेल सुपर ओभरसम्म पुगेको छ। हालसम्म दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दोस्रो ब्याटिंग गर्ने टिमले जित्न सकेका छैनन्। चेन्नाईले आफ्नो पछिल्लो खेल दिल्ली विरुद्ध र हैदाबादले बैगलोर विरुद्ध यसै मैदानमा खेलेको थियो।

पहिलो इनिंग औसत योगफल :- १७९ (जारी प्रतियोगितामा), चेज गर्दाको रेकर्ड :- जित-०, हार-४, बराबरी-२

के आशा गर्ने ? ६ दिनको ब्रेक पछि चौथो खेल खेल्न लागेको चेन्नाईका प्रशिक्षकले टिमले यो अवधिम धेरै कुरामा काम गरेको र के गर्ने भन्ने कुरामा स्पस्ट भएको बताएका छन्। अम्बाती रायडुको आगमनले टिमको ब्याटिंगमा सुधार हुन्छ हुँदैन हेर्न लायक हुनेछ। इतिहासमा जितको अहम योगदान दिने टिमका स्पिनरहरुको प्रदर्शनमा पनि सुधार हुने छ छैन हेर्नलायक हुनेछ। हैदरावाद बिरुद्ध ओपनर शेन वाटसनले पछिल्लो ५ खेलमा १ शतक र २ अर्धशतक बनाएका छन्। प्रिय प्रतिद्वन्द्वी बिरुद्ध वाटसनलाई लय पाउने मौका छ।

अर्कोतर्फ सनराइजर्स २ वटा हार पछि दिल्ली बिरुद्ध सम्हालिएको प्रदर्शन गर्दै लयमा फर्किएको संकेत दिएको थियो। केन विलियमसनको आगमनले ब्याटिंगमा सन्तुलन फर्केको छ भने राशिद खानले पनि उत्कृस्ट लय पाएका थिए। इतिहासमा चेन्नाई सधै हैदरावाद बिरुद्ध हावी हुँदै आएको छ जसलाई गलत सावित गर्ने चुनौती वार्नर कप्तानीको टिमसंग छ।

टिममा हुन् सक्ने परिवर्तन :-

चेन्नाई : सबै सिजन प्ले अफमा पुग्न सफल एकमात्र टिम चेन्नाईले यो सिजन खराब सुरुवात गरेको छ। ३ खेलमा मात्र १ खेल जितेको चेन्नाईलाई सुरेश रैना र हरभजन सिंहको कमि महसुस भएको छ जसले प्रतियोगिता अगावै आफ्नो नाम फिर्ता लिएका थिए। टिमलाई अम्बाती रायडु र ड्वेन ब्राभोको चोटले समस्यामा पारेको थियो जो आजको खेलका लागि उपलब्ध छन्। रायडु टिममा फर्किदा खराब प्रदर्शन गरेका मुरली विजय बाहिरिन सक्छन्। चेन्नाईले जोश हेजलउडको स्थानमा ब्राभोलाई मौका दिन सक्छ। छैटौं बलिंग विकल्प नभएको चेन्नाईले रुतुराज गायक्वाडको ठाउँमा शार्दुल ठाकुरलाई जारी सिजन पहिलोपटक स्थान दिन सक्छ। टिमले गत सिजनको सवाधिक विकेटकर्ता इमरान ताहिरलाई लेग स्पिनरको रुपमा खेलाउन सक्छ। परिवर्तन गर्न नरुचाउने धोनीले आज धेरै परिवर्तन गर्नसक्ने सम्भावना रहेको छ।

चेन्नाईको सम्भावित ११ : शेन वाटसन ✈️, फाफ डु प्लेसी ✈️, शार्दुुुल ठाकुर, स्याम करन ✈️ , केदार जाधव, रभीन्द्र् जडेजा, महेन्द्र सिंह धोनी, दिपक चाहर, रविन्द्र जडेजा, पियुष चावला, ड्वायन ब्राभो ✈️

रायडु र ब्राभो फिट हुँदा चेन्नाईको अन्तिम-११ मा परिवर्तन देख्न पाइनेछ

हैदरावाद : पछिल्लो खेलमा दिल्ली विरुद्ध जित हात पारेको हैदराबादले सोही टिमलाई मैदान उतार्न सक्छ। चोटिल भएका विजय शंकर फिट भएको अवस्थामा प्रियम गर्गको स्थान लिन सक्छन्। पछिल्लो खेलमा दिल्ली विरुद्ध शानदार ब्याटिंग गरेका केन विलियामसनले निरन्तरता दिनेछन्। अब्दुल समादले आज पनि अन्तिम ११ मा निरन्तरता पाउनेछन्।

हैदरावादको सम्भावित अन्तिम ११ : जोनी बेयरस्टो ✈️, डेभिड वार्नर ✈️ ( कप्तान ) , केन विलियमसन ✈️, मनिष पाण्डे, अब्दुल समद, अभिषेक शर्मा, प्रियम गर्ग/विजय शंकर, राशिद खान ✈️, भुवनेश्वर कुमार, खलिल एहमद, टि. नटराजन

हेर्न लायक चार खेलाडी :-

डेभिड वार्नर :- हैदरावादका कप्तान तथा महत्वपूर्ण ओपनिंग ब्याट्सम्यान वार्नर आईपिएल इतिहासमा सर्वाधिक ३ पटक अरेन्ज क्याप जित्ने एकमात्र खेलाडी हुन्। आक्रामक अष्ट्रेलियाली ब्याट्सम्यान वार्नरले जारी सिजन आफ्नो तिन खेलमा सोचे अनुरुप प्रदर्शन गर्न सकेका छैनन्। लिग इतिहासमा वार्नरले ४२.७९ को औशतमा ४७७३ रन बनाइसकेका छन् जुन बिराट कोहली (५४३५) , सुरेश रैना (५३६८) र रोहित शर्मा (५०६८) पछिको सर्वाधिक हो।

राशिद खान :- विश्व चर्चित लेग स्पिनर राशिद खान हाल टि-२० फर्म्याटको सर्वोत्कृष्ट खेलाडी हुन्। खानले जारी सिजन ३ खेलमा ४ विकेट लिन सकेका छन्। लिगमा कुल ४९ खेल खेलेका राशिदले ५९ विकेट लिएका छन्। उनले पछिल्लो खेलमा दिल्ली विरुद्ध ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिएका थिए। आजको खेलमा चेन्नाईका ब्याट्सम्यान उनको गुग्लीबाट जोगिनु पर्ने हुन्छ।

फाफ डु प्लेसी : दक्षिण अफ्रिकी ब्याट्सम्यानले मुम्बई बिरुद्ध अविजित ५८ तथा राजस्थानसंग ७२ रन बनाएका थिए भने पछिल्लो खेलमा दिल्ली विरुद्ध ४३ रन बनाएका थिए। ओपनर शेन वाटसन र मुरली विजयले राम्रो प्रदर्शन नगर्दा डु प्लेसीले मध्यक्रमको नेत्रित्व गरिरहेका छन्।

स्याम करन : इंगलिस खेलाडी करनले बलिंग र ब्याटिंग दुवैमा योगदान दिईरहेका छन् जो आक्रामक सट खेल्न सक्छन् भने फास्ट बलिंगबाट ठूलो विकेट पनि निकालीरहेका छन्। करनले दोश्रो खेलमा ३ विकेट र ६ बलमा १७ रन, पहिलो खेलमा १ विकेट र ६ बलमा १८ रन बनाएका थिए। उनले पछिल्लो खेलमा १ विकेट लिएका थिए।

रोचक रेकर्ड 

१. चेन्नाईका कप्तान महेन्द्र सिंह धोनी आईपीएलमा ४५०० रन बनाउन मात्र २४ रन टाढा छन्। लिग इतिहासमा मात्र ६ जना ब्याट्सम्यानले ४,५०० रन बनाउन सकेका छन्। बिराट कोहली, सुरेश रैना, रोहित शर्मा, डेभिड वार्नर, शिखर धवन र एबि डी भिल्लीयर्सले ४५०० भन्दा माथि रन बनाएका छन्।

२.आईपलमा चेन्नाईका लागि १००० रन बनाउन अम्बाती रायडु ४५ रन टाढा छन्। उनले यस अघि मुम्बईको प्रतिनिधित्व गरेका थिए।

३. लिगमा ३००० रन पुरा गर्न हैदराबादका ब्याट्सम्यान मनिष पाण्डे ६९ रन टाढा छन्।

४. हैदराबादका कप्तान डेभिड वार्नर सिएसके विरुद्ध ५०० रन प्रहार गर्न ५५ रन टाढा छन्।

इरफान पठानले बताए चेन्नाईको संघर्षको कारण

रैना र हरभजनसंग सम्बन्ध समाप्त गर्दै चेन्नाई

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( मुम्बई-पन्जाब खेल पछि )

“निराशाजनक ! , हामीले सहजै ४ मध्ये ३ खेल जित्न सक्थ्यौ” – के एल राहुल





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]