IPL : प्लेअफमा ३ स्थानको लागि ६ टिमको प्रतिस्पर्धा, ६ खेल बाँकी, यस्तो छ सबै टिमको समीकरण

राजस्थान रोयल्सले शुक्रबार किंग्स-११ पन्जाबलाई पराजित गरेसंगै आईपीएल प्ले-अफ रेस अझ रोचक बनेको छ। पन्जाबलाई पराजित गरेपछि राजस्थान अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ। पन्जाब चौथो स्थानमा यथावत छ भने कोलकाता छैठौं स्थानमा छ। राजस्थान, पन्जाब र कोलकाताले अब १ खेल मात्र खेल्न बाँकी रहेको छ। २ खेल खेल बाँकी रहेको हैदरावाद सातौँ स्थानमा छ।

हालसम्म मुम्बई प्लेअफ पुगीसकेको छ भने चेन्नाई बाहिर भैसकेको छ। अब लिगमा ६ वटा खेल बाँकी छन् भने ६ वटा टिम बाँकी ३ प्ले-अफ स्थानको लागि प्रतिस्पर्धामा छन्। हेर्नुस ६ टिमको प्ले-अफ पुग्ने समीकरण के छ।

राजस्थान रोयल्स ( खेल १३, अंक १२ , नेट रन रेट -०.३७७ , बाँकी खेल – कोलकातासंग )

– कोलकातासंग खेल जितेर १४ अंक पुर्याउने र अन्य टिमको नतिजा आफ्नो अनुसार जाओस् भन्ने कामना राजस्थानले गर्नुपर्नेछ।

– पन्जाबले हैदरावादसंग हार्ने र हैदरावादले बढीमा एउटा खेल जितेमा राजस्थान १४ अंकको साथ नेट रन रेटको बाधा बिना प्लेअफ पुग्नेछ।

– नेट रन रेट अघि आएमा पनि यदी दिल्ली अथवा बैंगलोरले बाँकी दुवै खेल हारेको खण्डमा १४ अंकमा सिमित हुनेछ। उक्त टिमलाई राजस्थानले नेट रन रेटमा पछि पार्न सक्छ।

किंग्स ११ पन्जाब ( खेल १३, अंक १२, नेट रन रेट -०.१३३ , बाँकी खेल – चेन्नाई सुपर किंग्स )

– राजस्थानसंगको हार पछि अब पन्जाब प्ले अफ पुग्न अन्य टिमको नतिजाले साथ दिनुपर्छ

– अन्तिम खेलमा चेन्नाईलाई पराजित गरेको खण्डमा पनि यदी हैदरावादले दुवै खेल जितेको खण्डमा प्लेअफ पुग्न सक्नेछैन।

– हैदरावादले बाँकी २ खेल मध्ये १ खेलमा हार बेहोरेको खण्डमा भने पन्जाबको सम्भावना प्रवल हुनेछ।

– पन्जाब प्लेअफ पुग्ने सबैभन्दा सहज बाटो अन्तिम खेलमा चेन्नाईलाई पराजित गर्ने र त्यसपछि हैदरावादले कम्तिमा एउटा खेल हार्ने हो। राजस्थान र कोलकाता बीचको खेलमा विजयी हुने टिमको पनि १४ अंक हुनेछ तर नेट रन रेट पन्जाबको भन्दा दुवै कम रहेकोले पन्जाबलाई पछि पार्न मुस्किल छ।

रोयल च्यालेन्जर्स बैंगलोर ( खेल १२, अंक १४, नेट रन रेट ०.०४८ , बाँकी खेल , हैदरावाद र दिल्लीसंग )

– बाँकी २ खेल मध्ये एउटा खेल जितेमा बैंगलोर प्ले-अफमा छनौट हुनेछ

– दुवै खेल हारेको खण्डमा पनि बैंगलोर छनौट हुन सक्छ जसको लागि नेट रन रेट भने राम्रो हुनुपर्छ

हैदरावादले बाँकी दुवै खेल जिते प्ले-अफ पुग्नेछ

सनराइजर्स हैदरावाद ( खेल १२, अंक १० , नेट रन रेट ०.३९६ , बाँकी खेल , बैंगलोर र मुम्बईसंग )

– बाँकी दुवै खेल जितेमा हैदरावाद कसैको अवरोध बिना प्लेअफ पुग्नेछ , नेट रन रेट राम्रो रहेकोले दुवै खेल जितेमा हैदरावाद अघि बढ्नेछ

– यदी एउटा खेल मात्र हारेको खण्डमा हैदरावादको सम्भावना समाप्त हुनेछ

दिल्ली क्यापिटल्स ( खेल १२, अंक १४, नेट रन रेट ०.०३०  ,बाँकी खेल , मुम्बई र बैंगलोरसंग )

– दिल्लीले मुम्बई र बैंगलोरसंग खेल्नेछ जसमा एउटा खेल जितेमा प्लेअफ पुग्नेछ

– यदी दुवै खेलमा हार बेहोरेको खण्डमा भने १४ अंकमा सिमित दिल्लीलाई नेट रन रेटमा अन्य टिमले उछिन्न सक्ने सम्भावना प्रवल छ

कोलकाता नाइट राइडर्स ( खेल १३, अंक १२, नेट रन रेट -०.४६७ , बाँकी खेल , राजस्थानसंग )

– कोलकाताले राजस्थानलाई पराजित गरेको खण्डमा पनि प्लेअफ पुग्नको लागि पन्जाबले अन्तिम खेलमा हार बेहोर्नुपर्नेछ भने हैदरावादले पनि बाँकी २ खेल मध्ये कम्तिमा एउटा खेल हार्नुपर्नेछ।

– यदी राजस्थानलाई पराजित गरेपछि अन्य टिमसंग अंक बराबरी भएको खण्डमा भने नेट रन रेट निकै कमजोर रहेकोले कोलकाताको सम्भावना छैन।

पन्जाबलाई ७ विकेटले पराजित गर्दा राजस्थानको प्लेअफ सम्भावना कायमै

१ हजार छक्का पुरा गर्दै गेलको नयाँ विश्वकीर्तिमान

अफ्रिदीले घातक बलिंग गर्दा, टेलरको शतकका बाबजुद पाकिस्तानसंग जिम्बाब्वे पराजित

आईपीएलपछि भारतको अस्ट्रेलिया भ्रमणको खेल तालिका सार्वजनिक





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]