र्यांकिन र बालबर्नी चम्किदा आयरल्याण्डको लगातार तेश्रो जित

  • विकेटनेपाल- ३ माघ, बुधवार

संयुक्त अरब एमिरेट्स (युएई), स्कटल्याण्ड र आएरल्याण्ड बीच जारि त्रिकोणात्मक एक दिवसीय क्रिकेटको मंगलवार सम्पन्न तेस्रो खेलमा आएरल्याण्ड बिजयी भएको छ। आएरल्याण्डले स्कटल्याण्ड माथि ६ विकेटको सानदार जित हात पार्यो।

सिरिज अन्तर्गत यस अघि खेलिएको दुवै खेलमा आयरल्याण्डले युएईलाई पराजित गरिसकेको छ। पहिलो खेलमा ४ विकेटले तथा दोश्रो खेलमा ६७ रनले युएई पराजित भएको थियो।

खेलमा स्कटल्याण्डले दिएको २२० रनको लक्ष्य पछ्याएको आएरल्याण्डले ९१ बल बाकिं छदैं ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो। आएरल्याण्डको जितमा एन्डी बालबर्नीले सर्वाधिक ६७ रनको योगदान गरे। आईरिस टोलिको खातामा रननै नजोडदै विलियम पोटरफिल्ड पभेलियन फर्किए पछि आएरल्याण्ड दवाबमा आएको थियो। २ बल खेल्दै पोटरफिल्ड शरिफको बलमा क्लिन बोल्ड भएका थिए।

बोएड र्यांकिनले ३ विकेट लिए ( फाइल फोटो )

दोस्रो विकेटका लागि पल स्टरलिंग र एन्डी बालबर्नीले १०४ रनको साझेदारी गरेपछि आएरल्याण्डको जित सम्भव भयो। बिष्फोटक ब्याटिंग गर्दै एन्डीले मात्र ५५ बलमा ६७ रन जोडे। सोलेको बलमा वल्लासबाट स्टम्प आउट हुनअघि उनले १० चौका र १ छक्का प्रहार गर्न भ्याए। स्टरलिंगले ५१ बल खेल्दै ३८ रन बनाए।

यस्तै नियल ओ ब्रायनले उत्कृस्ट अर्ध-शतक बनाउदै आएरल्याण्डको जित सुरक्षित गरे। ५३ बल खेलेका ब्रायनले ५ चौका र २ छक्काको सहयोगमा ५५ रन जोडे। स्कटल्याण्डको बलिंगतर्फ सफ्यान शरिफ र टोम सोलेले समान २-२ विकेट लिए।

स्कटल्याण्डको इनिंग 

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको स्कटल्याण्डले ४९.२ ओभरमा सबै विकेट गुमाउंदै २१९ रन बनाएको थियो। उसका लागि माईकल जोन्सले ८७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

एक छेउबाट इनिंग सम्हालेका जोन्सले १३५ बल खेल्दै ८७ रन बनाएका थिए। त्यसक्रममा उनले ९ चौका प्रहार गरेका थिए। स्कटल्याण्डका लागि वल्लासले ३४ रनको योगदान गरेपनि लगातार रुपमा विकेट गुमाउन्दा ठुलो स्कोरभने बन्न सकेन।

उत्कृस्ट रहेको आएरल्याण्डको बलिंगमा बोएड र्यांकिनले ३ विकेट हात पारेका थिए। आफ्नो १० ओभरको स्पेलमा मार्यांकिनले मात्र ४९ रन खर्चे। यस्तै ब्यारी मकार्टिले समेत २ विकेट चट्काए।

सिरिजको चौथो खेलमा बिहीबार आएरल्याण्ड र स्कटल्याण्ड पुनः भिड्ने छन्। खेल आईसीसी एकेडेमी दुबईमा हुनेछ।

 





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]