जेसन रोयले इतिहास कायम गर्ने ब्याटिंग गर्दा अस्ट्रेलियाको पराजय

२०७४ पुष ३०, आईतवार २१:२२

  • विकेटनेपाल, ३० पौष- आइतबार 

एसेज शृंखलाको लज्जास्पद हारपछि एक दिवसीय शृंखलामा भने इंग्ल्यान्डले पुनरागमन गरेको छ। अस्ट्रेलिया बिरुद्धको पाँच एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा इंग्ल्यान्डले ५ विकेटको रोमान्चक जित हात पार्न सफल भयो।

रोयको किर्तिमान 

मेलबर्नमा अस्ट्रेलियाले दिएको ३०५ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा इंगल्याण्डले ५ विकेट गुमाउदा जित हात पार्यो। ठुलो लक्ष्यलाई सफलताको साथ पछ्याउन इंगल्याण्डका लागि ओपनर ब्याट्सम्यान जेसन रोएले बिष्फोटक ब्याटिंग गर्दै १८० रनको इनिंग खेले। मात्र १५१ बल खेलेका रोएले १६ चौका र ५ छक्का प्रहार गरे।

इंग्ल्याण्डको लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोयले बनाएको १८० रन सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो।यो भन्दा अघि एलेक्स हेलले पाकिस्तानसंग २०१६ मा १७१ रन बनाएका थिए जुन यस अघि सर्बाधिक व्यक्तिगत स्कोर थियो। लक्ष पछ्याउने क्रममा रोयको १८० रन अस्ट्रेलियाको भूमिमा सर्बाधिक व्यक्तिगत रन हो।


जोए रुटसंग तेस्रो विकेटका लागि २२१ रनको साझेदारी गर्दै रोएले खेललाई इंगल्याण्डको पक्ष्यमा फर्काएका थिए। जोए रुटले पनि अविजित अविजित ९१ रन बनाए। ११० बल खेल्दै ५ चौका प्रहार गर्दा रुटले जेसन रोएलाई राम्रो साथ दिए।

रुट र जेसन बीचको २२१ रनको साझेदारी इंग्ल्याण्डको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठुलो साझेदारी हो। २७ बर्ष अघि सन्ग १९९१ मा ग्रेम हिक र निल फेयरब्रदरले तेश्रो विकेटको लागि वेस्ट इन्डिज बिरुद्ध २१३ रन बनाएका थिए।

अस्ट्रेलियाको बलिंगतर्फ भने मिचेल स्टार्क र प्याट्रिक कमिन्सले समान २-२ विकेट लिए। १० ओभरको स्पेलमा ७१ रन खर्चेर स्टार्कले जोन्नी बेयरस्टो र जेसन रोएको विकेट लिएका थिए। यस्तै समान १० ओभरको स्पेलमा कमिन्सले भने ६३ रन खर्चेर एलेक्स हेल्स र ओएन मोर्गनको विकेट निकाले।

मेर्लबर्न क्रिकेट मैदानमा कुनै पनि टिमले हालसम्म सबैभन्दा ठुलो लक्ष पछ्याउने रेकर्ड इंग्ल्याण्ड क्रिकेट टिमले बनायो।यस अघि भारतले सन् २०१६ मा २९६ रनको लक्ष अस्ट्रेलियासंग पछ्याउदै रेकर्ड बनाएको थियो जसलाई इंग्ल्यान्डले पछि छाडेको छ।

फिन्चको शतक

यस अघी पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले भने ओपनर ब्याट्सम्यान एरन फिन्चको शतकको बलमा ३०४ रनको योगफल तयार गरेको थियो।

आक्रमक ब्याट्सम्यान एरन फिन्चले ११९ बलमा १० चौका र ३ छक्का सहित १०७ रन बनाएका थिए। मिचेल मार्शसंग चौथो विकेटका लागि उत्कृस्ट साझेदारी गरेका फिन्चले एक समय समस्यामा रहेको अस्ट्रेलियाको ब्याटिंगलाई उकासेका थिए। अस्ट्रेलियाका लागि मार्कस स्ट्वाईनिशले ६० तथा मिचेल मार्शले ५० रनको योगदान गरे। बिष्फोटक ब्याटिंग गर्दै सट्वाईनिशले मात्र ४० बलमा ५ चौका र २ छक्का सहित ६० रन जोडेका थिए। यस्तै मिचेल मार्शले भने ६८ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए।

इंगल्याण्डको लागि बलिंगतर्फ लियम प्लंकेटले ३ विकेट निकाले। १० ओभरको स्पेलमा ७१ रन खर्चेर प्लंकेटले ट्रयाभिस हेड, टिम पेन र प्याट कमिन्सलाई पभेलियन फर्काएका थिए। यस्तै आदील रशिदले २ र क्रिस वोक्स, मार्क उड तथा मोईन अलिले समान १-१ विकेट लिएका थिए।

योसंगै पाँच एक दिवसीय क्रिकेटको शृंखलामा इंगल्याण्डले १-० को अग्रता बनाएको छ। यसअघि सम्पन्न ५ टेस्टको एसेज सिरिजमा भने इंगल्याण्ड ४-० ले पराजित भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy