बुम्राको ५ विकेटपछि भारत बलियो स्थितितर्फ

२०७४ माघ ११, बिहीबार २२:०३

  • विकेटनेपाल, माघ ११- बिहिबार 

भारत र दक्षिण अफ्रीका बीच जोहानेस्बर्गमा जारि तेश्रो टेस्टको दोश्रो दिन सकिंदा भारतले दोश्रो इनिंगमा ४२ रनको अग्रता लिएको छ। पहिलो २ टेस्टमा भारत पराजित भएपछि २-० ले शृंखला दक्षिण अफ्रीकाले जितीसकेको छ जसकारण भारत पहिलो जित हात पार्ने दाउमा छ।

पहिलो दिन भारतीय टिम १८७ रनमै अलआउट भएपछि ब्याटिंग गरेको दक्षिण अफ्रीकाले दोश्रो दिन १९४ रनमा सबै विकेट गुमाएपछि पहिलो इनिंगमा ७ रनको अग्रता लिएको थियो।

७ रनले पछि परेको भारतले दोश्रो दिननै ब्याटिंग सुरु गरिसकेको छ र दिनको समाप्तिमा १ विकेट गुमाएर ४९ रन बनाएको छ। ओपनर पार्थिव पटेल १६ रनको स्कोरमा फिलांडरको बलमा आउट भएपछि मुरली विजय र केएल राहुलले सम्हालीर इनिंग अघि बढाएका छन्। १७-१ को स्थितिबाट ३२ रनको साझेदारी गर्दा विजय १३ रन तथा राहुल १६ रनमा अविजित रहेका छन्।

हासिम अमलाले संघर्षपूर्ण ६१ रन बनाए

बुम्राको ५ विकेटमा दक्षिण अफ्रीका १९४ मा सिमित 

पहिलो दिननै ब्याटिंग सुरु गरेको दक्षिण अफ्रीकाले ६/१ को स्थितिबाट दोश्रो दिन ब्याटिंग सुरु गरेको थियो।

ब्याट्सम्यानलाई अत्यन्त मुस्किल पिचमा अफ्रिकी ब्याट्सम्यानहरुले पनि संघर्ष गर्दा हासिम अमलाले महत्वपूर्ण ६१ रन ( १२१ बल, ७ चौका ) बनाए। अमलाले कासिगो राबाडा ( २४ रन ) संग तेश्रो विकेटको लागि ६४ रनको तथा सातौँ विकेटको लागि भेरोन फिलान्डर ( ३५ रन ) संग ४४ रनको साझेदारी गरेका थिए।

भारतको लागि जस्प्रित बुम्राले आफ्नो टेस्ट करियरकै पहिलो पटक ५ विकेट हात पार्दा दक्षिण अफ्रीकाको अग्रता लम्बिन पाएन। उनले १८.५ ओभर २ मेडन ओभर गर्दै ५४ रन खर्चिए। यस्तै भुवनेश्वर कुमारले ३ विकेट ( १९-९-४४-३ ) हात पार्दै अनुसाशित बलिंग गरे भने इशान्त शर्मा र मोहम्मद शामीले पनि १/१ विकेट आफ्नो नाम गरे।

बुम्राले ५ विकेट हात पारे

भारतको पहिलो इनिंग 

पहिलो इनिंगमा टस जितेको भारतले १८७ रन बनएको थियो जसको लागि कप्तान बिराट कोहलीले सर्बाधिक ५४ रन तथा चेतेश्वर पुजाराले ५० रन बनाएका थिए। अफ्रिकी बलर कासिगो रबाडाले ३ विकेट लिएका थिए भने मोर्ने मोर्केल, भेरोन फिलाण्डर र एन्डीले फेह्लुक्वायोले समान २ विकेट हात पारेका थिए।

( फोटोहरु – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy