उपाधीको लागी काठमाण्डौ र धनगढीबीच प्रतिस्पर्धा

  • विकेटनेपाल, ३० चैत्र – शुक्रबार

धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनल खेलमा  काठमाण्डौ गोल्डेन्स र टिम चौराहा धनगढी प्रतिस्पर्धा गर्दैछन् । यसअघि पहिलो क्वालिफायरमा भिड्नेक्रममा धनगढीले रोमान्चक जित हात पार्दै फाइनलमा स्थान बनाएको थियो भने पराजित काठमाण्डौले दोश्रो क्वालिफायरमा महेन्द्रनगर युनाईटेडलाई पराजित गरेको थियो ।

खेल १२:३० बजेबाट अंचल प्रहरी कार्यालयको मैदान, धनगढीमा सुरु हुने तालिका रहेको छ ।

Gyanendra Malla
पहिलो क्वालिफायरमा ब्याटिंग गर्दै ज्ञानेन्द्र मल्ल

काठमाडौँ गोल्डेन्सले लिग चरणमा खेलेको ४ वटा खेलमा जित हात पारेको थियो भने १ खेल वर्षाको कारण नतिजाबिहिन भएको थियो । तर पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भएपछी ईलिमिनेटरको बिजेता महेन्द्रनगरलाई पराजित गर्नु परेको थियो । यस्तै चौराहाले समूह चरणमा ३ खेल जित्दै २ खेलमा पराजित भएपनि प्ले-अफ मा स्थान बनाएको थियो ।

काठमाण्डौ गोल्डेन्सको हालसम्मको नतिजा

पहिलो खेल – टिम चौराहालाई ७ विकेटले पराजित
दोश्रो खेल – रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित
तेश्रो खेल – सीवाईसी अत्तरियालाई ११ रनले पराजित
चौथो खेल – बिराटनगर किंग्सलाई ५ विकेटले पराजित
पाँचौ खेल – वर्षाले खेल रद्द ( महेन्द्रनगर युनाइटेड )
छैठौं खेल (पहिलो क्वालिफायर ) –  टिम चौराहासंग १ विकेटको हार
सातौँ खेल (दोश्रो क्वालिफायर) – महेन्द्रनगर युनाईटेडलाई ५ विकेटले पराजित

टिम चौराहा धनगढीको हालसम्मको नतिजा

पहिलो खेल – काठमाण्डौ गोल्डेन्ससँग ७ विकेटले पराजित
दोश्रो खेल – सिवाईसी अत्तरियासँग ३ विकेटले बिजयी
तेस्रो खेल – महेन्द्रनगर युनाईटेडसँग ८ विकेटले बिजयी
चौथो खेल – बिराटनगर किंग्ससँग १८ रनले पराजित
पाचौं खेल – रुपन्देही च्यालेंजर्ससँग ३ रनले बिजयी
छैठौं खेल (पहिलो क्वालिफायर) – काठमाण्डौ गोल्डेन्ससँग १ विकेटले बिजयी

उत्कृस्ट प्रदर्शन गरेका खेलाडीहरु

काठमाण्डौ गोल्डेन्स: काठमाण्डौलाई प्रतियोगिताको फाइनलसम्म पुर्याउन सबै खेलाडीहरुको कुनै न कुनै समयमा महत्त्वपूर्ण प्रदर्शन रहेको छ । उसका लागि कप्तान ज्ञानेन्द्र मल्ल  ले प्रतियोगितामा सर्बाधिक रन बनाउनेक्रममा २ अर्धशतक सहित २१८ रन बनाएका छन् । उनलाई अमित   श्रेष्ठले १८४ रन बनाएर साथ दिईरहेका छन् । त्यस्तै हिजो भएको दोश्रो क्वालिफायर खेलमा सर्बाधिक छिटो अर्धशतक बनाउनेक्रममा सुबोध भाटीले मात्र १७ बलमा ५० रन बनाएका थिए ।

बलिंगतर्फ पनि हिजो नै भएको खेलमा मात्र १० रन खर्चेर ६ विकेट लिएका सन्नी पटेल प्रतियोगिताको सर्बाधिक विकेट लिने खेलाडीको सुचिमा १२ विकेट सहित पहिलो नम्बरमा रहेका छन् । उनलाई रशिद खानले ११ विकेट सहित साथ दिईरहेका छन् ।

टिम चौराहा धनगढी: धनगढीले प्रतियोगिताको पहिलो क्वालिफायरमा अहिलेसम्म १ खेलमा मात्र पराजित काठमाण्डौलाई पराजित गरेको थियो । धनगढीलाई फाइनलमा पुर्याउन युएईका कप्तान समेत रहेका रोहन मुस्ताफाले ५ खेलमा १३८ रन बनाएका छन् भने ७ विकेट समेत हात पारेका छन् । चौराहाका लागि ब्याटिंगतर्फ ओपनर सुनिल धमलाले १५१ रन बनाउंदै राम्रो सुरुवात दिएका छन् । धनगढीका लागि १०० रन कटाउने खेलाडीमा धमला र मुस्ताफा मात्र हुन् ।

बलिंगतर्फ देब्रेहाते तिब्र गतिका बलर ललितसिंह भण्डारीले आफ्नो प्रदर्शनले सबैलाई चकित पारेका छन् । उनले ६ खेलमा ११ विकेट लिएका छन् जसलाई मुस्ताफाले साथ दिएका छन् ।

काठमाण्डौको जितमा खेलाडीहरुको एक्लो प्रदर्शन देख्न सकिन्छ भने धनगढीको टिममा सबैको एकजुट प्रदर्शन देख्न सकिन्छ ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]