केसिटिसी गर्ल्सलाई वुमेन सम्मर इन्डोर क्रिकेटको उपाधि

  • विकेटनेपाल – 22 साउन  

राइजिङ्ग क्रिकेट फर वुमेनको आयोजनामा काठमाडौँ कोटेश्वर स्थित अल्टिमेट इन्डोरमा आयोजित वुमेन सम्मर इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर गर्ल्सले ( केसीटिसी गर्ल्स ) जितेको छ ।

प्रतियोगिताको फाईनलमा गर्ल्सले श्री श्री योद्धालाई ८१ रनले पराजित गर्यो ।

Aarati Bidari (Captain - RCW)
Aarati Bidari (Captain – RCW)

पहिले ब्याटिंग गर्दै केसीटिसी गर्ल्सले निर्धारित १२ ओभरमा ८५ रनको योगफल तयार गरेको थियो जसको जवाफमा श्री श्री योद्धाले ५ रन मात्रै बनाउन सक्यो ।केसीटिसीलाई जिताउन प्लेयर अफ द म्याच चुनिएकि करुना भण्डारीले १८ रन बनाउनुको साथै ४ विकेट समेत लिईन् ।

बिजेता केसीटिसीले ३५ हजार रुपैयाँ र ट्रफी तथा उपविजेता श्री श्रीले १५ हजार रुपैया र ट्रफी प्राप्त गर्यो ।

Shree Shree Youdhaa
Shree Shree Youdhaa

प्रतियोगितामा राइजिङ्ग क्रिकेट फर वुमेन, गौतम ग्रुप, थन्ड़र बर्ड्स, केसीटिसी गर्ल्स र श्री श्री योद्धा गरि कुल ५ टिम सहभागी थिए ।

Sabnam Pun

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]