किर्तनको कप्तानी इनिंगमा नेपालद्वारा बंगलादेशलाई २३५ रनको लक्ष्य

  • विकेटनेपाल, २६ पौष – बुधबार 

पाँचौ नेत्रहीन एकदिवसीय बिश्वकप प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले अहिले बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ।

टस हारेर इकबाल स्टेडियम पाकिस्तानमा ब्याटिंग गर्न उत्रेको नेपालले निर्धारित ४० ओभरमा २३४ रनको स्कोर खडा गरेको छ। २३५ रन लक्ष पाएको बंगलादेश केहि समयमा ब्याटिंग गर्न उत्रनेछ।

कुनै समय नेपालले खराब सुरुवात गर्दै १५ ओभरमा ७६ रनको योगफल बनाउदा ६ विकेट गुमाईसकेको अवस्था थियो। त्यसपछि कप्तान किर्तन दुवालले  ६६ रनको शानदार इनिंग खेल्दै नेपाललाई ठुलो स्कोरतर्फ डोर्याएका थिए। यस्तै खिमानन्द गैरेले ३४ रनको तथा पदम बडेलले ३० रनको योगदान दिए।  खेलको अपडेट हेर्न यो लिंक 

कप्तान किर्तन दुवाल 

नेपालले आफ्नो पहिलो खेलमा मंगलबार पाकिस्तानसंग ९ विकेटको हार बेहोरेको थियो भने बंगलादेशले पनि सोमबार सम्पन्न पहिलो खेलमा पाकिस्तानसंग ९ विकेटकै हार बेहोरेको थियो।

प्रतियोगिता अन्तर्गत लिग चरणमा नेपालले तेश्रो खेल श्रीलंकासंग १३ जनवरीमा युएईको अज्मान ओभल मैदानमा, चौथो खेल १४ जनवरीमा भारतसंग इडन गार्डेन मैदान युएईमा तथा लिगको पाँचौ अन्तिम खेलमा अस्ट्रेलियासंग एमसीसी मैदान युएईमा १५ जनवरीमा खेल्नेछ।

सहभागी ६ टिमबाट लिग अंक तालिकाको शिर्ष ४ भित्रमा रहने टिमले सेमीफाइनलको यात्रा गर्नेछ।

खेलको फोटोहरु :-

 

( फोटो – निरोज गिरि , अनिल मल्ल )





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]