किर्तनको कप्तानी इनिंगमा नेपालद्वारा बंगलादेशलाई २३५ रनको लक्ष्य

२०७४ पुष २६, बुधबार १३:५७

  • विकेटनेपाल, २६ पौष – बुधबार 

पाँचौ नेत्रहीन एकदिवसीय बिश्वकप प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले अहिले बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ।

टस हारेर इकबाल स्टेडियम पाकिस्तानमा ब्याटिंग गर्न उत्रेको नेपालले निर्धारित ४० ओभरमा २३४ रनको स्कोर खडा गरेको छ। २३५ रन लक्ष पाएको बंगलादेश केहि समयमा ब्याटिंग गर्न उत्रनेछ।

कुनै समय नेपालले खराब सुरुवात गर्दै १५ ओभरमा ७६ रनको योगफल बनाउदा ६ विकेट गुमाईसकेको अवस्था थियो। त्यसपछि कप्तान किर्तन दुवालले  ६६ रनको शानदार इनिंग खेल्दै नेपाललाई ठुलो स्कोरतर्फ डोर्याएका थिए। यस्तै खिमानन्द गैरेले ३४ रनको तथा पदम बडेलले ३० रनको योगदान दिए।  खेलको अपडेट हेर्न यो लिंक 

कप्तान किर्तन दुवाल 

नेपालले आफ्नो पहिलो खेलमा मंगलबार पाकिस्तानसंग ९ विकेटको हार बेहोरेको थियो भने बंगलादेशले पनि सोमबार सम्पन्न पहिलो खेलमा पाकिस्तानसंग ९ विकेटकै हार बेहोरेको थियो।

प्रतियोगिता अन्तर्गत लिग चरणमा नेपालले तेश्रो खेल श्रीलंकासंग १३ जनवरीमा युएईको अज्मान ओभल मैदानमा, चौथो खेल १४ जनवरीमा भारतसंग इडन गार्डेन मैदान युएईमा तथा लिगको पाँचौ अन्तिम खेलमा अस्ट्रेलियासंग एमसीसी मैदान युएईमा १५ जनवरीमा खेल्नेछ।

सहभागी ६ टिमबाट लिग अंक तालिकाको शिर्ष ४ भित्रमा रहने टिमले सेमीफाइनलको यात्रा गर्नेछ।

खेलको फोटोहरु :-

 

( फोटो – निरोज गिरि , अनिल मल्ल )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy