राहुलले तोड्लन यो वर्ल्ड रेकर्ड ?

  • विकेटनेपाल , साउन २८ 

भारतीय ओपनिंग ब्याट्सम्यान केएल राहुल रोमान्चक बिश्व रेकर्डबाट १ कदम टाढा रहेका छन् l

श्रीलंकासंग जारि टेस्ट सिरिज अन्तर्गत पहिलो इनिंगमा शनिबार ८५ रन बनाएर आउट भएपछि राहुलले टेस्ट क्रिकेटमा लगातार ७ अर्धशतक माथिको स्कोर बनाएका छन् l

गत साता कोलोम्बो टेस्टमा राहुलले ५७ रन बनाउदै छैठौं पटक ५० माथिको स्कोर बनाएका थिए र जारि पालेकेले टेस्टमा शनिबार सातौ पटक ५० माथिको स्कोर बनाएका छन् l

टेस्ट क्रिकेटमा लगातार ७ वटा ५० माथिको स्कोर बनाउने ब्याट्सम्यानहरुको सुचीमा क्रिस रोजर्स ( अस्ट्रेलिया ) , कुमार संगाकारा ( श्रीलंका ) , शिबनारायण चन्द्रपाउल ( वेस्ट-इन्डिज ) , एन्डी फ्लावर ( जिम्बाबे ) , सर एभर्टन विक्स ( वेस्ट इन्डिज ) संगै राहुलको नाम पनि जोडिएको छ l

श्रीलंकासंग जारि टेस्टको दोश्रो इनिंग बाँकी छ र ओपनर राहुलले त्यस इनिंगमा ५० माथिको स्कोर बनाउलान् ? यो पर्खाइको बिषय रहेको छ l

शिखर धवनसंग राहुलले शनिबार १८८ रनको ओपनिंग साझेदारी गरेपछि पुष्पकुमाराको बलमा विकेट गुमाउन पुगेका थिए l जुन क्रममा उनले ८ चौका मदतले १३५ बलअ ८५ रन बनाएका थिए l

राहुलको ५०+ शिलशिला 

राहुलले अस्ट्रेलियासंग मार्चमा भएको सिरिज अन्तर्गत पुने टेस्टमा लगातार ५ वटा अर्धशतक प्रहार गर्नेक्रममा ६४ र १० , बेंगलुरुमा ९० र ५१ , राँचीमा ६७ तथा धर्मशालामा ६० र अविजित ५० रनको स्कोर बनाएका थिए l

अस्ट्रेलियन ब्याट्सम्यान क्रिस रोजर्सले २०१४-१५ को बीचमा राहुल जस्तै ७ वटा लगातार अर्धशतक प्रहार गरेका थिए जसमध्ये कुनै पनि इनिंगलाई शतकमा परिणत गर्न सकेका थिएनन् l

टेस्ट क्रिकेटमा लगातार ५०+ स्कोर 

  • क्रिस रोजर्स ( अस्ट्रेलिया )  – ७
  • कुमार संगाकारा ( श्रीलंका ) – ७
  • शिबनारायण चन्द्रपाउल ( वेस्ट-इन्डिज ) – ७
  • एन्डी फ्लावर ( जिम्बाबे ) – ७
  • सर एभर्टन विक्स ( वेस्ट इन्डिज )- ७
  • केएल राहुल – ७

 

 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]