एकै इनिंगमा बन्यो ४ शतक, भारतको बिशाल अग्रता

  • विकेटनेपाल, मङ्सिर १०

श्रीलंका पहिलो इनिंग : २०५/१० (चण्डीमल ५७, करुनारत्ने ५१, आश्विन ४/६७), भारत पहिलो इनिंग :६१०/६ पारि अन्त्य (कोहली २१३, पुजारा १४३ ,विजय १२८, रोहित १०२* , परेरा ३/२०२), श्रीलंका दोश्रो इनिंग : २१/१ (करुनारत्ने ११* , ईशांत १/१५) – श्रीलंका ३८४ रनले पछाडी 

कप्तान विराट कोहलीले आफ्नो टेस्ट करियरको पाँचौं दोहोरो शतक प्रहार गरेपछि भारत नागपुरमा जारि दोश्रो टेस्टमा जिततर्फ अग्रसर भएको छ ।

दोश्रो दिनको समाप्तीमा २ विकेट गुमाउदै ३१२ रनको अवस्थामा रहेको भारतले तेस्रो दिन थप २९८ रन बनाउदै ६ विकेटको नोक्सानीमा ६१० रन बनाएर पारि समाप्तीको घोषणा गरेपछि भारतले बिशाल अग्रता लिएको हो ।

कोहलीले २१३ रनको बिशाल पारी खेले जुनक्रममा २६७ बलमा १७ चौका र २ छक्का सामेल थियो । उनले तेस्रो विकेटका लागि चेतेश्वर पुजारासँग मिलेर १८३ रनको साझेधारी गरे । पुजाराले १४३ रन बनाउन ३६२ बल लगाए जसमा १४ चौका सामेल थियो ।

बिराट कोहलीले करियरको पाँचौ दोहोरो शतक प्रहार गरे

त्यसपछि टेस्ट क्यारियरको तेस्रो शतक प्रहार गर्दै रोहित शर्माले कोहलीसँग मिलेर पाँचौं विकेटका लागि १७३ रनको साझेधारी गरे । रोहितले अविजित १०२ रन बनाउन १६० बल खेले जसमा ८ चौका र १ छक्का सामेल थियो ।

रोहितले शतक प्रहार गरेपछि पारि समाप्तीको घोषणा गरेको भारतले पहिलो इनिंगमा ४०५ रनको अग्रता लिएको थियो।

रोहितले १०२ रन बनाए

तेश्रो दिन इनिंग सुरु गरेको श्रीलंकाले १ विकेट गुमाएर २१ रन बनाएको छ। ओपनर सदिरा समराविक्रमा ईशांत शर्माको बलमा खाता नखोल्दै बोल्ड भए। श्रीलंका भारत भन्दा ३८४ रनले पछी रहेको छ। उसका दिमुथ करुनारत्नेले अविजित ११ रन बनाएका छन् भने लाहिरु थिरिमानेले अविजित ९ रन बनाएका छन् ।

दोश्रो दिनझै तेश्रो दिनपनि श्रीलंकाको लागि सम्झनलायक रहेन। बलिंगतर्फ ४ विकेट लिनका लागि उसले २९८ रन खर्चियो। दिलरुवान परेराले ४५ ओभर बलिंग गर्दै २ मेडन राख्दा २०२ रन खर्चेर ३ विकेट लिए। यस्तै लाहिरु गामागे, रंगना हेरथ र दशुन सनाकाले समान १-१ विकेट लिएका थिए।

यस अघि श्रीलंका पहिलो इनिंगमा २०५ रनमा अलआउट भएको थियो।

( फोटो – बिसीसीआई , आईसीसी )

Sameer Niraula

A serious guy who makes silly points. Also a cricket tragic whose only on-field achievement is witnessing 6 runs as byes in a single ball.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy