आईसीसी बरियतामा कोहली खस्किए, बलिंगमा रबाडा नं-१

  • विकेटनेपाल, २५ पौष

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) नयाँ टेस्ट बरियता सार्वजनिक गरेको छ।

नयाँ बलिंग वरियतामा दक्षीण अफ्रिकी बलर कागिसो रबाडा नम्बर १ स्थानमा उक्लेका छन् भने ब्याटिंगतर्फ अस्ट्रेलिया कप्तान स्टिभ स्मिथ शिर्ष स्थानमा रहेका छन्। यस्तै अलराउण्डर तर्फ शाकिब अल हसन शिर्ष स्थानमा यथावत छन्। टेस्ट टिम वरियतामा भारत पहिलो, दक्षिण अफ्रीका दोश्रो, अस्ट्रेलिया तेश्रो तथा न्युजिल्याण्ड चौथो स्थानमा रहेका छन्।

रबाडा बने नम्बर १

यसैबीच भारत बिरुद्धको पहिलो टेस्टमा उत्कृस्ट बलिंग गरेका दक्षिण अफ्रिकाका तिब्र गतिका बलर कगीसो रबाडा टेस्ट बरियतामा नम्वर १ बलर बनेका छन्। एक स्थान माथि उक्लदै रबाडाले इंग्ल्यान्डका जेम्स एण्डरसनलाई पछि छाडे। उनि आईसीसी टेस्ट बलरको वरियतामा शिर्ष स्थान लिने दक्षिण अफ्रिकाका ७ औं बलर हुन्। एसेजमा प्रभावित गर्न चुकेका इंगलिस बलर जेम्स एण्डरसन भने एक स्थान तल झर्दै दोस्रो स्थानमा पुगेका छन्। भारतका स्पिनर रबिन्द्र जडेजा र रबिचन्द्रन अश्विन क्रमश: तेस्रो र चौथो स्थानमा यथावत छन्। अष्ट्रेलियाका जोस् हेजलवुड पाँचौ स्थानमा छन्।

भारतीय क्रिकेट टोलिका कप्तान बिराट कोहली, आईसीसी टेस्ट ब्याट्सम्यान वरियतामा एक स्थान तल झरेका छन्। पहिलो टेस्टमा दक्षिण अफ्रीकासंग हार बेहोर्ने क्रममा बिराट कोहली पहिलो इनिंगमा ५ रनमा तथा दोश्रो इनिंगमा २८ रनमा आउट भएका थिए।

दक्षिण अफ्रिका बिरुद्धको पहिलो टेस्टमा फ्लप भएका कोहली एक स्थान तल झर्दै बरियताको तेस्रो स्थानमा पुगेका छन्। शिर्ष स्थानमा अष्ट्रेलियन कप्तान स्टिभ स्मिथ यथावत रहंदा कोहलीलाई पछाडी छाड्दै दोस्रो स्थानमा भने इंगलिश कप्तान जो रुट उक्लिएका छन्।
अष्ट्रेलिया बिरुद्धको एसेज शृंखलामा केहि उत्कृस्ट अर्धशतक बनाएका रुटको टेस्ट क्रिकेटमा ५३.२८ को औसत छ।

स्टिभ स्मिथ नम्बर १ टेस्ट ब्याट्सम्यान

न्यूजिल्याण्डका कप्तान केन विलियमसन् चौथो र भारतका चेतेश्वर पुजारा पाँचौ स्थानमा छन्। यसअघि तेस्रो स्थानमा रहेका पुजारा, दक्षिण अफ्रिका बिरुद्धको पहिलो टेस्टमा फ्लप भएसंगै दुई स्थान तल झरेका हुन्।

फेरिएन अल-राउण्डर्सको सुची

आईसीसी टेस्ट बलर र ब्याट्सम्यानको रेंकिंग सुचीमा फेरबदल आएपनि अल-राउण्डर्सको सुचिमा यसपटक केहि परिवर्तन आएन। बंगलादेशका शकिव अल हसन अल-राउण्डर्सको सुचीमा शिर्ष स्थानमा यथावत छन्। भारतका रबिन्द्र जडेजा र रबिचन्द्रन अश्विन क्रमश दोस्रो र तेस्रो स्थानमा छन् भने इंगलिस अल-राउण्डर बेन स्टोक्स चौथो स्थानमा छन्। भारत बिरुद्धको पहिलो टेस्टमा नायक साबित भएका दक्षिण अफ्रिकाका भर्नोन् फिलाण्डर भने पाँचौ स्थानमा यथावत छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy