कोहली एक्लै संघर्ष गर्दै – भारतीय टप अर्डर फेल

२०७४ पुष ३०, आईतवार २३:०१

दक्षिण अफ्रीका र भारत बीच सेन्चुरियनमा जारि ३ टेस्टको शृंखला अन्तर्गत दोश्रो टेस्टमा दक्षिण अफ्रीका पहिलो इनिंगमा ३३५ रनमा समेटिएको छ।

दोश्रो दिन खेल सुरु गर्दा २६९/६ को स्थितिबाट ब्याटिंग सुरु गरेको घरेलु टिमले थप ६६ रन जोड्दा बाँकी ४ विकेट गुमाउन पुग्यो। अघिल्लो दिन २४ रनमा अविजित कप्तान फाफ डु प्लेसिस ६३ रन बनाएर आउट भए। पहिलो दिन एडेन मारक्रमले ९४, हासिम अमलाले ८२ रन बनाएका थिए।

भारतीय बलर रभीचन्द्रन आश्विनले सर्बाधिक ४ विकेट ( ३८.५-१०-११३-४ ) तथा इशान्त शर्माले ३ विकेट ( २२-४-४६-३ ) र मोहम्मद शामीले १ विकेट आफ्नो नाम गरे।

डु प्लेसिसले अर्धशतक बनाए

कोहलीको एक्लो संघर्ष 

दोश्रो इनिंग सुरु गरेको भारतले माथिल्लो क्रमका ब्याट्सम्यानहरु मुरली विजय ( ४५ ) , केएल राहुल ( १० ) , चेतेश्वर पुजारा ( ० ) , रोहित शर्मा ( १० ) तथा पार्थिब पटेल ( १९ ) लाई गुमाएपछि दोश्रो दिनस अकिंदा ५ विकेट गुएर १८३ रन बनाएको छ।

दिन सकिंदा कप्तान बिराट कोहली ८५ रन तथा हार्दिक पान्ड्या ११ रन बनाएर अविजित रहेका छन्। कोहलीले १३० बल खेल्दा ८ चौका प्रहार गरिसकेका छन्। २१ औं टेस्ट शतकबाट कोहली १५ रन मात्रै टाढा छन्।

कोहली ८५ रन बनाएर अविजित छन्कोहलीले तेश्रो विकेटको लागि मुरली विजयसंग ७९ रनको साझेदारी गरेका थिए जुन साझेदारी तोड्न विजयलाई केशभ महाराजले विकेटकिपर डी ककको हातबाट क्याच गराएका थिए। त्यसपछि कोहलीले रोहित शर्मासंग २५ रनको तथा पार्थिब पटेलसंग ३२ रनको साझेदारी गरे पनि दक्षिण अफ्रिकी बलरहरुले त्यसलाई लम्बिन दिएनन्। रोहितलाई रबाडाले एलबिडब्लु धरापमा पारे भने पार्थिब पटेललाई विकेटकिपरको हातबाट आउट गराउदै लुंगी गिडीले पहिलो टेस्ट विकेट हात पारे।

छैठौं विकेटको लागि कोहली र हार्दिकले १९ रन जोड्दै भारतलाई अग्रता दिलाउन प्रयासरत छन्। केशब महाराज, मोर्ने मोर्केल, कासिगो रबाडा र लुंगी गिडीले १/१ विकेट हात पारेका छन्।

खेलमा दक्षिण अफ्रीकाले टस जितेर ब्याटिंग गरेको थियो। पहिलो टेस्टमा भारतलाई दक्षिण अफ्रीकाले ७२ रनले पराजित गरेको थियो।

खेलको फोटोहरु हेर्नुस :- 

सबै फोटो – बिसीसीआई

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy