विराट कोहली घाइते, काउन्टी क्रिकेट गुमाउने

  • विकेटनेपाल, जेठ १० – बिहिबार

भारतीय टिमका कप्तान विराट कोहली घाइते भएका छन् ।

इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत रोयल च्यालेंजर्स बैंगलोरको सनराईजर्स हैदरावादसँगको खेलमा घाँटीमा समस्या (नेक इन्जुरी) आएको थियो । अब उनले जुन महिनामा हुन लागेको इंग्ल्याण्डको घरेलु क्रिकेट प्रतियोगिता काउन्टी क्रिकेट गुमाउने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले जनाएको छ ।

२९ बर्षीय कोहली भारतको इंग्ल्याण्ड भ्रमण अन्तर्गत हुने ३ टि-२०, ३ एकदिवसीय र ५ टेस्ट सिरिजको खेलको तयारि तथा त्यहाँको बातावरणमा घुलमिल हुनको लागि इंग्ल्याण्डको घरेलु क्रिकेट खेल्न जाने निश्चित भईसकेको थियो । त्यहाँको सर्रे क्रिकेट टिमले जुन महिनाभरि विराट कोहलीले टिमबाट एकदिवसीय तथा ४ दिवसीय खेल खेल्ने जनाएको थियो ।

बिसिसीआईको प्रेस बिज्ञप्तिका अनुसार कोहलीलाई डाक्टरले रिहाब गर्न सल्लाह दिएका छन् र जुन १५ मा फिटनेस टेस्ट हुनेछ ।

भारतले अफगानिस्तान बिरुद्द एक टेस्ट, त्यसपछी आयरल्याण्डमा घरेलु टिमसंग टि२० सिरिज खेल्दै इंग्ल्याण्ड भ्रमणको सुरुवात गर्ने छ ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]