कोहली बने आईपिएल इतिहासकै महङ्गा खेलाडी, हेर्नुस कसको मूल्य कति ?

२०७४ पुष २१, शुक्रबार १०:३०

  • विकेटनेपाल, २१ पौष-शुक्रवार

भारतीय कप्तान विराट कोहली इन्डियन प्रिमियर लिग(आईपिएल) इतिहासमा सबैभन्दा महँगो खेलाडी बनेका छन्।

आईपीएलको एघारौँ संस्करणका लागि बिहिवार सम्पन्न खेलाडी रिटेनेशन कार्यक्रममा रोयल च्यालेन्जर्स बैंगलोरले कोहलीलाई भारतीय रुपैया १७ करोड तिर्दै पुनः आफ्नै टिममा रोकेको हो। योसंगै अब विराटले अर्को तिन बर्ष बैंगलोरको टोलिबाट खेल्ने पक्का भएको छ। विराटसंगै बैंगलोरले दक्षिण अफ्रिकी सुपरस्टार एबी डीभिल्लियर्सलाई पनि रिटेन गर्यो।  मूल्य सुची  सबैभन्दा तल हेर्नुस 

सन् २०१५ देखि २ बर्षका लागि खेप्नु परेको प्रतिबन्ध सकिएसंगै चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्स आईपिएलमा फर्किएका छन्। यी दुई टोलिको पुनरागमनसंगै आईपिएलमा यसपटक बृहत खेलाडी लिलामी (अक्सन) हुने भएको छ। त्यसै कारण पनि सबै ८ टोलिले अधिकतम ३ खेलाडी मात्र रिटेन गर्न पाउने नियम छ।

अक्सन अघि ३ खेलाडी मात्र रिटेन गर्न पाएपनि, सन् २०१७ को १० औं संस्करणमा आफ्नो टोलिमा रहेका खेलाडीलाई अक्सनका समय “राईट टु म्याच” (आरटिएम) प्रयोग गरि किन्न सकिने प्रावधान छ। “राईट टु म्याच” भन्नाले, यदि अघिल्लो संस्करणमा आफ्नो टोलीमा रहेका खेलाडीलाई अन्य कुनै टोलीले किन्न लागेको खण्डमा अर्को टोलीले तिर्न लागेको नै मूल्य तिरेर किन्न सक्ने व्यवस्था हो।

बिहिवार सम्पन्न रिटेनेशन समारोहमा चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सले भने तिनै खेलाडीमात्र रिटेन गर्न पाए जसले २०१५ को सिजनमा आफ्नो टोलिबाट खेलेका थिए र त्यसपछि को २ संस्करण राईजिंग पुने सुपरजाईन्ट्स वा गुजरात लायन्सबाट खेलेका थिए।

टिम र रिटेन गरेका खेलाडीलाई तिरेको मूल्य 

मुम्बई ईन्डियन्स : रोहित शर्मा – १५ करोड
हार्दिक पान्डया – ११ करोड
जस्प्रित बुम्राह – ७ करोड

चेन्नई सुपरकिंग्स : महेन्द्रसिंह धोनी – १५ करोड
सुरेश रैना – ११ करोड
रभिन्द्र जडेजा – ७ करोड

दिल्ली डेयरडेभिल्स : रिसभ पन्त – ८ करोड
क्रिस मोर्रिस – ७.१ करोड
श्रेयस अय्यर – ७ करोड

किंग्स एलेभेन पन्जाब : अक्षर पटेल – ६.७५ करोड

कोलकत्ता नाईट राईडर्स : सुनिल नारायण – ८.५ करोड
आन्द्रे रसेल – ७ करोड

राजस्थान रोयल्स :
स्टिभ स्मिथ – १२ करोड

रोयल च्यालेन्जर्स बैंगलोर : विराट कोहली – १७ करोड
एबी डीभिल्लियर्स – ११ करोड
सरफराज खान – १.७५ करोड

सन राईजर्स हैदराबाद : डेभिड वार्नर – १२ करोड
भुवनेश्वोर कुमार – ८.५ करोड

 

सबै ८ टोलिले खेलाडी खरिद गर्न ८० करोड रुपैया पाउने गर्छन् । रिटेन नभएका खेलाडीको अक्सन भने आगामी जनवारी २७ र २८ तारिखमा बैंगलोरमा हुनेछ।

यो भन्दा अघि २ बर्षको प्रतिबन्ध भोगेका चेन्नाई सुपर किंग्स र राजस्था रोयल्स यो पटक आईपीएलमा कमब्याक गर्दैछन्। आईपीएल ११ मा गुजरात लायन्स र राइजिंग पुने सुपर जाएन्टले भने खेल्नेछैनन्।

भिडियो 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy