बिराट कोहलीलाई आईसीसीको कारबाही

२०७४ माघ २, मंगलवार २१:४१

  • विकेटनेपाल, माघ २ – मंगलबार 

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले कारबाही गरेको छ।

दक्षिण अफ्रीकासंग जारि टेस्टमा अम्पायर माइकल गफलाई खराब ब्यबहार गरेको कारण कोहलीलाई आईसीसीले म्याच फिको २५ प्रतिशत जरिवाना गरेको हो भने उनले एक डिमेरिट प्वाइन्ट समेत पाएका छन्।

दक्षिण अफ्रिका बिरुद्धको दोस्रो टेस्टको तेस्रो दिनको खेलमा कोहलीले अम्पायरलाई लगातार रुपमा बल गिलो भएको भन्दै गुनासो गरेका थिए। वर्षाको कारण रोकिएको खेल पछि पुनः सुरुवात हुँदा कोहलीले अन्तिम सेसनमा अम्पायरलाई गुनासो गरेपछि आक्रोशित हुँदै बललाई भुइँमा फालेका थिए जसको फल स्वरूप कोहलीलाई आईसीसीको लेभल १ अन्तर्गत दोशी ठहर्याईएको हो।

यो घटना दक्षिण अफ्रिकाको ब्याटिंगको २५औं ओभरमा भएको थियो। बर्षाका कारण मैदान गिलो भएपछि बल भिजेको र त्यसले बललाई स्विंग हुन नदिने भन्दै कोहलीले मैदानमा रहेका अम्पाएर माईकल गफलाई लगातार रुपमा गुनासो गरेका थिए।

कोहलीले भने आफ्नो गल्तिलाई स्वीकार गरिसकेका छन्। तेस्रो दिनको खेलको अन्त्यपछि कोहलीले आफ्नो गल्ति स्वीकार गर्दै म्याच रेफ्री क्रिस ब्रोडसामु दावी गरेको जरिवाना खेप्न मन्जुर गरिसकेका छन्।

तेस्रो दिनको खेलमा वर्षाका कारण खेल केहि समय खेल रोकिएको थियो र पुनः संचालन भएपछि ५.१ ओभर सम्म खेल चलेको थियो। तर त्यसपछि भने खराब प्रकाशका कारण खेल पुनः रोकिएको थियो।

यसैबीच कोहली डिमेरिट प्वाइन्ट प्राप्त गर्ने दोस्रो भारतीय खेलाडी बनेका छन्। यसअघि रबिन्द्र जडेजाले पनि डिमेरिट प्वाइन्ट गरेका थिए।

आईसीसीको पछिल्लो नियम अनुसार कुनै खेलाडीले खेलको भावनामा आंच पुग्ने कुनै कार्य गरेमा डिमेरिट प्वाइन्ट प्राप्त गर्ने गर्छन्। यो प्वाइन्ट २४ महिनाको समयसम्म टिक्ने गर्दछ। यदि सो समय सिमा भित्र कुनै खेलाडीले ४ डिमेरिट प्वाइन्ट प्राप्त गरेमा, खेलाडीलाई खेलबाट सस्पेन्ड गरिने नियम छ।

सम्बन्धित समाचार :-

नोट – समाचार क्रिक्इन्फोको सहयोगमा तयार गरिएको हो

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy