बिराट कोहलीलाई आईसीसीको कारबाही

  • विकेटनेपाल, माघ २ – मंगलबार 

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले कारबाही गरेको छ।

दक्षिण अफ्रीकासंग जारि टेस्टमा अम्पायर माइकल गफलाई खराब ब्यबहार गरेको कारण कोहलीलाई आईसीसीले म्याच फिको २५ प्रतिशत जरिवाना गरेको हो भने उनले एक डिमेरिट प्वाइन्ट समेत पाएका छन्।

दक्षिण अफ्रिका बिरुद्धको दोस्रो टेस्टको तेस्रो दिनको खेलमा कोहलीले अम्पायरलाई लगातार रुपमा बल गिलो भएको भन्दै गुनासो गरेका थिए। वर्षाको कारण रोकिएको खेल पछि पुनः सुरुवात हुँदा कोहलीले अन्तिम सेसनमा अम्पायरलाई गुनासो गरेपछि आक्रोशित हुँदै बललाई भुइँमा फालेका थिए जसको फल स्वरूप कोहलीलाई आईसीसीको लेभल १ अन्तर्गत दोशी ठहर्याईएको हो।

यो घटना दक्षिण अफ्रिकाको ब्याटिंगको २५औं ओभरमा भएको थियो। बर्षाका कारण मैदान गिलो भएपछि बल भिजेको र त्यसले बललाई स्विंग हुन नदिने भन्दै कोहलीले मैदानमा रहेका अम्पाएर माईकल गफलाई लगातार रुपमा गुनासो गरेका थिए।

कोहलीले भने आफ्नो गल्तिलाई स्वीकार गरिसकेका छन्। तेस्रो दिनको खेलको अन्त्यपछि कोहलीले आफ्नो गल्ति स्वीकार गर्दै म्याच रेफ्री क्रिस ब्रोडसामु दावी गरेको जरिवाना खेप्न मन्जुर गरिसकेका छन्।

तेस्रो दिनको खेलमा वर्षाका कारण खेल केहि समय खेल रोकिएको थियो र पुनः संचालन भएपछि ५.१ ओभर सम्म खेल चलेको थियो। तर त्यसपछि भने खराब प्रकाशका कारण खेल पुनः रोकिएको थियो।

यसैबीच कोहली डिमेरिट प्वाइन्ट प्राप्त गर्ने दोस्रो भारतीय खेलाडी बनेका छन्। यसअघि रबिन्द्र जडेजाले पनि डिमेरिट प्वाइन्ट गरेका थिए।

आईसीसीको पछिल्लो नियम अनुसार कुनै खेलाडीले खेलको भावनामा आंच पुग्ने कुनै कार्य गरेमा डिमेरिट प्वाइन्ट प्राप्त गर्ने गर्छन्। यो प्वाइन्ट २४ महिनाको समयसम्म टिक्ने गर्दछ। यदि सो समय सिमा भित्र कुनै खेलाडीले ४ डिमेरिट प्वाइन्ट प्राप्त गरेमा, खेलाडीलाई खेलबाट सस्पेन्ड गरिने नियम छ।

सम्बन्धित समाचार :-

नोट – समाचार क्रिक्इन्फोको सहयोगमा तयार गरिएको हो





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]