कोहलीको छैठौं दोहोरो शतक, नयाँ बिश्वकिर्तिमान

  • विकेटनेपाल, मङ्सिर १७

भारत र श्रीलंकाबीच जारि तेस्रो टेस्ट क्रिकेटको दोश्रो दिन भारतीय कप्तान विराट कोहलीले आफ्नो करियरको छैठौं दोहोरो शतक प्रहार गरेका छन् ।

फिरोजशाह कोट्ला मैदानमा भईरहेको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको भारतले विराट कोहलीको अविजित २११ रनको मद्दतमा ११३ ओभरको समाप्तीमा ४ विकेट गुमाउदै ४७१ रन बनाएर खेलिरहेको छ । कोहलीले २११ रन बनाउन २५१ बल खर्चे जसमा २१ चौका सामेल छन् । उनलाई रोहित शर्माले ८८ बलमा ५० रन बनाएर साथ दिईरहेका छन् । ( समाचार तयार पार्दासम्म )

कोहलीले दोहोरो शतक प्रहार गरेसंगे कप्तानको रुपमा सबैभन्दा धेरै दोहोरो शतक प्रहार गर्ने बिश्व किर्तिमान आफ्नो नाममा लेखाएका छन्। यसभन्दा पहिला यो किर्तिमान वेस्ट इन्डिजका ब्र्यान लाराको नाममा रहेको थियो जसले ५ शतक प्रहार गरेका थिए। त्यस्तै भारतका लागि सबैभन्दा धेरै दोहोरो शतक लगाउने खेलाडीहरुको सुचिमा सचिन तेन्दुलकर र विरेन्द्र सेहवागको नाममा रहेको रेकर्डको बराबरी गरेका छन् ।

 

 

यसभन्दा अगाडी दोश्रो टेस्ट क्रिकेटको पारीमा पनि कोहलीले २१३ रनको बिशाल पारि खेलेका थिए भने यो उनको ३ इनिंगमा लगातार तेस्रो शतक हो । पहिलो टेस्ट को दोश्रो पारीमा कोहलीले अविजित १०४ रन बनाएका थिए ।

छैठौ १७५+ को स्कोर बनाएसँगै कप्तानको रुपमा सबैभन्दा धेरै १७५ वा त्यो भन्दा धेरै रन बनाउँने किर्तिमानमा पनि बराबरी गरेका छन्, अस्ट्रेलियाका डन ब्राडम्यान र वेस्ट इन्डिजका ब्र्यान लाराले पनि ६ वटा १७५+ को स्कोर बनाएका थिए ।


( फोटोहरु – भारतीय क्रिकेट बोर्ड )

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy