बिराट कोहली “आइसीसी क्रिकेटर अफ द ईयर”

  • विकेटनेपाल, माघ ४ – बिहिबार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारि गरेको सन् २०१७ को क्रिकेटर अफ द ईयर भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली घोषित भएका छन् ।

सन् २०१६ सेप्टेम्बर २१ तारिख देखि सन् २०१७ को डिसेम्बर अन्तिमसम्मको प्रदर्शनलाई आधार मान्दै आईसीसीले अवार्डको घोषणा गरेको हो ।

यस्तै कोहलीले एकदिवसीय क्रिकेटर अफ द ईयर अवार्डका साथसाथै आइसीसीले जारि गरेको एकदिवसीय क्रिकेट टिम अफ द ईयर र टेस्ट क्रिकेट टिम अफ द ईयरको कप्तान समेत बनेका छन् । उनले तोकिएको समयमा एकदिवसीय क्रिकेटमा ७६.८४ को औसतमा ६ शतक सहित १८१८ रन तथा टेस्ट क्रिकेटमा ७७.८० को औसतमा ६ दोहोरो शतक सहित २२०३ रन प्रहार गरेका छन् ।

कोहलीले अहिलेसम्म ६५ टेस्ट, २०२ एकदिवसीय र ५५ टी२० क्रिकेट खेलेका छन् जसमा सबै फर्म्याटमा ५० भन्दा माथिको औसतमा क्रमश: ५४५९ रन, ९०३० रन तथा १९५६ रन बनाएका छन् ।

(Credit: @BCCI)

कोहलीले एकदिवसीय क्रिकेटर अफ द ईयरको अवार्ड सन् २०१२ मा पहिलो पल्ट पाएका थिए ।

कोहली भारतको सन् २०१४ को अस्ट्रेलिया सिरिजमा डिसेम्बर ३० मा धोनीले सन्यास लिएसँगै कप्तान बनेका थिए भने एकदिवसीय तथा टी२० मा जनवरी ६ २०१७ देखि कप्तान बनेका थिए ।

त्यस्तै अस्ट्रेलियाका कप्तान स्टिव स्मिथ भने आइसीसी टेस्ट क्रिकेटर अवार्बाट सम्मानित भएका छन् । अवार्डको लागि तोकिएको समयमा उनले टेस्ट क्रिकेटमा ७८.१२ को औसतमा १८७५ रन बनाउन ८ शतक प्रहार गरेका छन् ।

यस्तै पाकिस्तानलाई च्याम्पियन्स ट्रफी जिताउन महत्त्वपूर्ण भूमिका खेलेका हसन अलि ईमर्जिंग क्रिकेटर अफ द ईयर घोषित भएका छन् ।

हेर्नुहोस् अवार्डको सुची

क्रिकेटर अफ द ईयर: विराट कोहली
टेस्ट क्रिकेटर अफ द ईयर: स्टिव स्मिथ
एकदिवसीय क्रिकेटर अफ द ईयर: विराट कोहली
टी २० अन्तर्राष्ट्रिय पर्फर्मर अफ द ईयर: युज्बेन्द्र चाहल
ईमर्जिंग क्रिकेटर अफ द ईयर: हसन अलि
एसोसिएट प्लेयर अफ द ईयर: रशिद खान
अम्पाएर अफ द ईयर: मारिस ईरास्मस
स्पिरिट अफ द ईयर अवार्ड: अन्या श्रुब्सोले

हेर्नुहोस् एकदिवसीय क्रिकेट टिम अफ द ईयर

 

(Credit: @ICC)

हेर्नुहोस् टेस्ट क्रिकेट टिम अफ द ईयर

(Credit: @ICC)




थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]