भारतलाई खेलमा फर्काउन कोहलीको विराट पारि

इंग्ल्याण्ड २८७ र ९/१ (३.४ ओभर) – २२ रनको अग्रता
भारत २७४ – दोश्रो दिनको समाप्तीमा

कप्तान विराट कोहलीले आफ्नो करियरको सबैभन्दा उत्कृस्ट मध्येको एक पारी खेलेपछि इंग्ल्याण्ड बिरुद्दको जारि पहिलो टेस्ट खेलको दोश्रो दिनको समाप्तीमा भारत खेलमा फर्किएको छ।

आफ्नो टेस्ट करियरको २२ औं टेस्ट शतक बनाएका कोहलीले अन्तिम विकेटको रुपमा आउट हुँदा भारतको पहिलो पारीको २७७ रन मध्ये एकलैले १४९ रन बनाएका थिए। पहिलो पारीमा २८७ रन बनाएको इंग्ल्याण्डले दोश्रो दिनको समाप्तीमा दोश्रो पारि चलिरहँदा एलिस्टर कुक (डकआउट) को रुपमा १ विकेट गुमाएर ९ रन बनाउँदै २२ रनको अग्रता बनाएको छ।

कुनै समय १००/५ को अवस्थामा रहेको भारतलाई सम्मानजनक योगफलमा पुर्याउन सन् २०१४ को भ्रमणमा सबैभन्दा धेरै समस्या दिएका बर्तमान टेस्ट बरियताको शिर्ष स्थानमा रहेका जेम्स एण्डरसन बिरुद्द सम्हाल्लिएर ब्याटिंग गरेका कोहलीले २२५ बलको सामना गर्दा २२ चौका र १ छक्का प्रहार गरे।

भारतको पहिलो पारि

इंग्ल्याण्डले पहिलो पारिमा २८७ रन बनाएपछि ब्याटिंगमा उत्रिएको भारतले २७४ रन बनाउन ७६ ओभर खेल्यो र इंग्ल्याण्डको योगफलभन्दा १३ रनले पछाडी पर्यो। पहिलो विकेटको लागि मुरली विजयले २० रन तथा र शिखर धवनले २६ रन बनाउँदै ५० रनको साझेदारी गरेका थिए। त्यसपछि २० बर्षीय युवा तिब्रगतिका बलर स्याम करणले ८ बलको अन्तरमा दुवै ओपनर सहित लोकेश राहुल (४ रन) लाई आउट गरेपछि भारत ५९/३ को स्थितिमा पुगेको थियो।

चौथो विकेटका लागि अजिंक्या रहानेले १५ रन बनाउँदै कोहलीसँग ४१ रनको साझेदारी गरेपनि बेन स्टोक्सले दिनेश कार्तिकलाई डक आउट गर्पछी भारतले पुनः १० बलको अन्तरालमा दुई विकेट गुमाउँदै १००/६ को स्थितिमा पुगेको थियो।

त्यसपछि इंग्ल्याण्डले २ बलमा विराट कोहली र हार्दिक पान्ड्यको क्याच लिन नसक्दा ठुलो अग्रता लिने मौका गुमाउन पुग्यो।

विराट कोहली अन्तिम विकेटको रुपमा आउट हुँदा तल्लोक्रमका ब्याट्सम्यानसँग महत्त्वपूर्ण साझेदारीहरु गरे। हार्दिक पान्ड्य (२२ रन) सङ्ग ४८ रन, रविचन्द्रन आश्विन (१० रन) सङ्ग २१ रन, मोहम्मद शामी (२ रन) सङ्ग १३ रन, इशान्त शर्मा (५ रन) सँग ३५ रन तथा अन्तिममा उमेश यादव (१ रन) सँग ५७ रनको साझेदारी गरे।

इंग्ल्याण्डका तर्फबाट स्याम करणले ४ विकेट लिन ७४ रन खर्चे भने जेम्स एण्डरसन, बेन स्टोक्स र आदील रशिदले समान २/२ विकेट हात पारे।

इंग्ल्याण्डको पहिलो पारि

बिर्मीन्ग्घममा जारि खेलमा टस जितेर पहिले ब्याटिंग गरेको घरेलु टिम इंग्ल्याण्डले पहिलो पारीमा २८७ रन बनाउन ८९.४ ओभर ब्याटिंग गरेको थियो। उसका लागि कप्तान जोए रुटले दोश्रो विकेटको रुपमा किटन जेनिंग्स (४२ रन) सँग मिलेर ७२ रन तथा चौथो विकेटको लागि जोन्नी बेयारिस्टो (७० रन) सँग मिलेर १०४ रनको साझेदारी गरेका थिए। रुट ८० रन बनाएर विराट कोहलीको डाइरेक्ट-हिटमा रन आउटको सिकार बनेका थिए।

भारतका तर्फबाट ४ विकेट लिएका आश्विनले ६२ रन तथा ३ विकेट लिएका शामीले ६४ रन खर्चिए भने उमेश यादव र इशान्त शर्माले १/१ विकेट हात पारे।

प्रकाशित मिति: २०७५/०४/१८





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]