कर्णाली प्रिमियर लिग ( केपीएल ) को दोस्रो संस्करण बैशाखमा हुने

केपीएल
  • विकेटनेपाल – १९ फाल्गुन, आइतवार

कर्णाली प्रिमियर लिग ( केपीएल ) टि-ट्वान्टी राष्ट्रिय टुर्नामेन्टको दोस्रो संस्करणको आगामी बैशाखमा हुने भएको छ। प्रतियोगिता कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरको रंगशालामा आयोजना हुनेछ।

प्रतियोगिता आयोजकले आइतवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको दोस्रो संस्करणको घोषणा गरेको हो। कर्णाली क्रिकेट एकेडेमी आयोजक रहेको प्रतियोगिता आउँदो बैशाख १२ बाट सुरुभइ बैशाख २१ गतेसम्म सञ्चालन हुने आयोजक एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए। कर्णाली प्रदेशबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए।

प्रतियोगितामा देशभरका ८ वटा क्लबहरुको सहभागिता रहने उनको भनाई छ। राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिता प्रदेशकै सर्वाधिक धनराशी हुने समेत आयोजकले बताएको छ।

१० दिनसम्म सञ्चालन हुने प्रतियोगिताको लागत ६० लाख अनुमान गरिएको छ। यस्तै खेलमा सहभागी हुने क्लबहरुले प्रत्येक टिममा २ जना विदेशी खेलाडी सहभागी गराउन समेत सक्ने छन्।

प्रतियोगितामा ८ टिमलाई २ वटा समुहमा बिभाजन गरि प्रत्येकले एक–अर्कासंग १–१ खेल खेलेपछि समुहको उत्कृष्ट दुई टिमले सेमीफाइनलमा खेल्न पाउने छन्।

लिग–कम नक–आउट आधारमा आयोजना हुने प्रतियोगिता आईसीसीको नियम अनुसार खेलाइने आयोजकले जानकारी गराएको छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीको आवास र खानाको व्यवस्था आयोजकलेनै गर्ने अध्यक्ष शाहीले बताए।

यस अघि कर्णाली प्रिमियर लिगको पहिलो संस्करण बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको थियो।

स्रोत : पूर्णबहादुर खड्का





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]