प्रम कप : कर्णालीलाई सहजै पराजित गर्दै लुम्बिनी सेमीफाइनल नजिक

लगातार दोश्रो जित दर्ता गर्दै लुम्बिनी प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय महिला टि-२० प्रतियोगिताको सेमीफाइनल नजिक पुगेको छ।

समुह ‘ए’ अन्तर्गतको पहिलो खेलमा प्रदेश-२ लाई ९ विकेटले पराजित गरेको लुम्बिनीले आज दोश्रो खेलमा कर्णाली प्रदेशलाई पनि ९ विकेटलेनै सहजै पराजित गर्यो। स्कोरकार्ड 

आज हुने दोश्रो खेलमा एपीएफ र प्रदेश-२ प्रतिस्पर्धा गर्नेछन् जुन खेलमा एपीएफ विजयी भएको खण्डमा एपीएफ र लुम्बिनी दुवै समुह ‘ए’ बाट सेमीफाइनल प्रवेश गर्नेछ।

लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले दिएको ३५ रनको सामान्य लक्ष्य लुम्बिनीले मात्र १ विकेट गुमाएर ३.१ ओभरमा पुरा गर्यो।

लुम्बिनीको लागि कप्तान नेरी थापाले अविजित ९ , गीता गोसाईले ४ तथा सरस्वति जीएमले ३ रन योगदान दिए। कर्णलाईले २० रन अतिरिक्तको रुपमा दियो जसमा १७ वाइड सामेल थियो। कर्णालीको लागि १ मात्र विकेट अन्जु गुरुङले हात पारिन्।

यस अघि टस जितेर ब्याटिंग रोजेको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर ३४ रन बनाएको थियो। कुहिरोको कारण खेल ढिला सुरु भएकोले इनिंग्स १३ ओभरमा झारिएको थियो।

कर्णालीको ब्याटिंगमा दिक्ष्या पुरीले सर्वाधिक ८ रन, अंशु शाक्यले अविजित ७ रन योगदान दिईन्। तृष्णा बिश्वकर्मा, मोनिका राना र लक्ष्मी रिमालले समान २ रन बनाए। अतिरिक्तको रुपमा पाएको १३ रन कर्णालीको स्कोरमा सर्वाधिक योगदान रह्यो।

कर्णालीको लागि दीक्षा पुरीले मात्र चौका प्रहार गर्न सकिन् जसले २ चौका प्रहार गरिन्।

लुम्बिनीको बलिंगमा नेरी थापाले २ ( ३-०-१३-२ ) तथा गीता गोसाई र सरिता जिसीले समान १ विकेट हात पारे। लुम्बिनीले २ वटा विकेट रन आउट मार्फत लियो।

खेलको प्लेयर अफ द म्याच लुम्बिनीको कप्तान समेत रहेकी नेरी थापा घोषित भईन्।

कर्णाली हिजो भएको खेलमा एपीएफसंग २०४ रनले पराजित भएको थियो जुन क्रममा एपीएफले दिएको २३६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले ३१ रन मात्र बनाउन सकेको थियो।

अन्तिम खेलमा कर्णालीले भोलि प्रदेश-२ संग प्रतिस्पर्धा गर्नेछ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]