नेपालगंज कप – लुम्बिनी यात्रिज र रोप्ला गोरिल्लाज बिजयी

२०७५ बैशाख ५, बुधबार २१:४८

फिचर फोटो – रोल्पा गोरिल्लाज

  • विकेटनेपाल, बैशाख ५ – बुधबार

कोहलपुरमा जारि नेपालगन्ज कप क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन आज भएका खेलहरुमा लुम्बिनी यात्रीज र रोल्पा गोरिल्लाजले जित दर्ता गरेका छन्। प्रतियोगिता अन्तर्गत दोश्रो जित निकाल्नेक्रममा दिनको पहिलो खेलमा लुम्बिनी यात्रीजले दंगाली गोर्खाजलाई ३ विकेटले पराजित गर्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लियो।

टस हारेर पहिले ब्याटिंग गरेको दंगाली गोर्खाजले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन बनाएको थियो । उसका कप्तान अमरसिंह रौटेलाले २६ तथा उप-कप्तान विनायक गिरिले २४ रन बनाए। लुम्बिनी यात्रीजका सुनिल सुनार र निजामुद्दिन अन्सारीले २/२ विकेट लिए।

जवाफमा ब्याटिंग गरेको लुम्बिनी यात्रीले छैठौ नम्बरमा आएका बासिर अहमदले ३० बलमा ३५ रन तथा कप्तान कृष्ण कार्कीले २२ रन जोडेपछी १८.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। दंगाली गोर्खाजका अमरसिंह रौटेला, सुनिल सुनार र शाहिद अन्सारीले २/२ विकेट लिए। बासिर अहमद म्यान अफ द म्याच चुनिए।

म्यान अफ द म्याच ग्रहण गर्दै रोल्पा गोरिल्लाजका भिम शार्की

दोश्रो खेल 

दोश्रो खेलमा रोल्पा गोरिल्लाजले बर्दिया टाइगर्सलाई २१ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिंग गरेको रोल्पा गोरिल्लाजले उप कप्तान समसुद्दिन अन्सारीको ३२ बलमा ३२ रन, सौरभ खनालको २० र शेर अलिको २४ रनको मद्दतमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो । यस्तै चौथो नम्बरमा आएका भिम सार्कीले २२ बलमा २९ रन बनाए। बर्दिया टाइगर्सका आकाश बिस्टले २ विकेट तथा नासिर अन्सारी र हसन खानले १/१ विकेट लिए ।

जवाफमा राजबिर सिंहले २८ रन तथा कप्तान सुबेन्दु पाण्डेले २१ रन बनाएपनि बर्दिया टाइगर्सले २० ओभरमा ९ विकेट गुमाएर मात्र १०३ रन बनाउन सक्यो। रोल्पा गोरिल्लाजका मेघराज अन्सारी र बिनोद लामाले २/२ विकेट लिए। २९ रन बनाउंदै १ क्याच समेत लिएका भिम सार्की म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताको बिजेताले एकलाख दश हजार तथा उपबिजेताले साठी हजार रुपैयाँ पुरस्कार पाउने छन्।

बिहिबार हुने खेलहरु: पहिलो खेल: पाल्पा योद्धाज Vs बर्दिया टाइगर्स , दोश्रो खेल: बाँके ब्लास्टर Vs रोल्पा गोरिल्लाज

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy