गुप्टिलको आक्रामक ब्याटिंगमा न्युजिल्याण्डद्वारा पाकिस्तान पराजित

  • विकेटनेपाल, २५ पौष- मंगलबार 

न्युजिल्याण्डमा जारि ५ एकदिवसीयको शृंखला अन्तर्गत पाकिस्तानले दोश्रो एकदिवसीयमा पनि न्युजिल्याण्डसंग हार बेहोरेको छ।

नेल्सन मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको पाकिस्तानले पहिलो इनिंगमा ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाई २४६ रन बनाएको थियो। भ्रमण टिमको लागि हसन अलिले विस्फोटक ब्याटिंग गर्दै मात्र ३१ बलमा ५१ रनको इनिंग खेलेका थिए। मोहम्मद हफिजले सर्बाधिक ६० तथा शदाब खानले ५२ रनको योगदान दिए।

लकी फर्गुसनले न्युजिल्याण्डको लागि सर्बाधिक ३ विकेट ( १०-०-३९-३ ) हात पारे भने टिम साउथी र टड एस्लेले २/२ विकेट आफ्नो नाम गरे।

जवाफमा ब्याटिंग गरेको न्युजिल्याण्डले १४ ओभरमा ६४ रनको स्कोरमा २ विकेट गुमाएको अवस्थामा पानि परेपछि न्युजिल्याण्डले २५ ओभरमा १५१ रनको लक्ष पाएको थियो। ११ ओभर ८७ रनको नयाँ लक्ष पाएको न्युजिल्याण्डले ७ बल बाँकी छदै लक्ष पुरा गर्यो।

ओपनर मार्टिन गुप्टिलले विस्फोटक इनिंग खेल्दै मात्र ७१ बलमा ५ छक्का र ५ चौका मदतले अविजित ८६ रन बनाए। यस्तै रस टेलरले अविजित ४५ रन योगदान दिए। तेश्रो विकेटको लागि दुई ब्याट्सम्यानले १०४ रनको साझेदारी गरेका थिए। कोलिन मुनरो ( ० ) र कप्तान विलियमसन ( १९ ) चाडै आउट भएका थिए।

पाकिस्तान बलर मोहम्मद आमिर र फहीम अशरफले १/१ विकेट आफ्नो नाम गरे।

पाकिस्तानले यस अघि पहिलो एकदिवसीयमा पनि न्युजिल्याण्डले डी/एल मेथडको आधारमा ६१ रनको जित हात पारेको थियो। तेश्रो एकदिवसीय डुनेडीनमा जनवरी १३ मा खेलिनेछ।

खेलको हाइलाइट हेर्न यो लिंक 

( फोटो – आईसीसी )

 





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]