डीपीएलमा यसकारण बिकेनन् मेहबुब आलम

Mehboob Alam
  • विकेटनेपाल – ९ फाल्गुन, बुधवार

चैत्र १७ गते देखि धनगढीमा आयोजना हुने रुस्लान धनगढी प्रिमियर लिगको अक्सन बुधबार सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी हुने सबै ६ टोलिले कुल ७२ जना खेलाडीमाथि बोलि लगाउँदा केहि स्टार खेलाडीहरु माथि भने कुनै टोलिले रुची देखाएनन्। यसरी अन्सोल्ड रहेका खेलाडीहरुको सुचिमा सबैलाई अस्चार्यचकित पार्ने गरि कीर्तिमानी अल-राउण्डर मेहबुब आलम पनि रहे।

मेहबुबको नाम अक्सनको “ए” श्रेणीमा रहेको थियो। १ लाख रुपैयाँ बेस प्राईस रहेका आलमलाई कुनै टोलिले बोलि लगाउन उचित ठानेनन्। रास्ट्रिय क्रिकेट टिमका कुनै बेलाका स्टार खेलाडीको नाम अक्सन हलमा गुन्जदा आलम नबिक्ने अनुमान धेरै कमले गरेका थिए।

उमेरले ३७ बर्ष टेकीसकेका आलमले डिसेम्बरमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल टि-२०) मा ललितपुर प्याट्रीयट्सको प्रतिनिधित्व गरेका थिए जहाँ उनको प्रदर्शन फितलो थियो। ईपीएलको ४ खेलमा आलमले २ विकेट लिएका थिए भने कुल १६ रन मात्रै बनाउन सके। त्यति मात्रै हैन गत सिजनको धनगढी प्रिमियर लिगमा पनि आलमको प्रदर्शन खराब रहेको थियो। सीवाईसी अत्तरियाको त्यतिबेला प्रतिनिधित्व गरेका आलमले गत सिजन ५ खेलमा मात्र ४ विकेट लिएका थिए त्यतिनै खेलमा कुल ३६ रन मात्रै बनाउन सकेका थिए।

Mehboob Alam
Mehboob Alam

युवा खेलाडीहरुको बोलवाला रहेको एभरेस्ट प्रिमियर लिगमा आलमले राम्रो प्रदर्शन गर्न नसक्नुले ललितपुरको प्रदर्शनमा ठुलो धक्का दिएको थियो। ईपीएल टि-२० कै एक खेलमा आलमको बलिंगमा रोहित पौडेलले १८ रन प्रहार गर्दै आलम युग समाप्तिको संकेत गरेका थिए।

राष्ट्रिय टोलिको जर्सीमा अन्तिम पटक नेपालमै गत बर्ष सम्पन्न आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनशिपको केन्या बिरुद्दको खेलमा देखिएका थिए। त्यसयता राष्ट्रिय टोलिमा समेत उनि स्थान बनाउन असफल रहिरहेका छन्।

आक्रामक ब्याटिंग र धारिलो बलिंगको मदतले ठुलो नाम बनाएका आलमको उपस्थिति दर्शकहरु रोमान्चित गर्न पर्याप्त थियो तर बढ्दो उमेर, खस्केको बलिंग, ब्याटिंग, फिल्डिंग र फिटनेसकै कारण उनि डीपीएल टिमहरुको रोजाईमा पर्न नसकेको सहजै अनुमान लगाउन सकिन्छ।आलम धनगढी प्रिमियर लिगमा नबिक्नुले ब्यबसायीक घरेलु लिगमा अब मेहबुब आलमको नाम भबिस्यमा दोहोरिएला वा नदोहोरिएला भन्ने प्रश्न चिन्ह समेत खडा गरेको छ। प्रदर्शन र फिटनेसको स्तर यही हुने हो भने आलमलाई कमब्याक गर्न पक्कै मुस्किल बनाउनेछ।

मेहबुब आलमसंगै अन्य नाम चलेका खेलाडीहरु समेत डिपीएल अक्सनमा अनसोल्ड रहे। यसरि अन्सोल्ड हुने खेलाडीहरुमा हसिम अन्सारी, सन्दिप सुनार, बिक्रम सोब, जितेन्द्र ठकुरी जस्ता नाम चलेका खेलाडी समेत रहेका छन्।

अन्सोल्ड रहेका मुख्य खेलाडीहरु – 

मेहबुब आलम , जितेन्द्र ठकुरी, चन्द्र सावद , सुमित महर्जन, प्रकाश केसी, राहुल कुमार बिश्वकर्मा, बिक्रम सोब , हसिम अन्सारी, सन्दिप सुनार
सन्जम रेग्मी, भिम शार्की





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]