मोहम्मद नाबीको विस्फोटक ब्याटिंगमा रेनेगेड्सको जित

  • विकेटनेपाल, २२ पौष- शनिबार 

मोहम्मद नाबीको उत्कृस्ट प्रदर्शन मदतले ‘बिग ब्यास’ लिगमा मेर्लबर्न रेनेगेड्सले मेर्लबर्न स्टार्सलाई ६ विकेटले पराजित गरेको छ।

केभिन पिटरसनको ४०, बेन डंकको ४७ तथा ग्लेन म्याक्सवेलको ३३ रनको इनिंग मदतले पहिले ब्याटिंग गर्दै स्टार्सले २० ओभरमा १५७/४ को स्कोर खडा गरेको थियो। जसको जवाफमा ब्याटिंग गरेको रेनेगेड्सले १७.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष पुरा गर्यो।

अफगानिस्तान स्टार क्रिकेटर नाबीले रेनेगेड्सलाई जित दिलाउने क्रममा चौथो नम्बरमा ब्याटिंग गर्दै मात्र ३० बलमा २/२ चौका र छक्का मदतले ५२ रनको विस्फोटक पारि खेलेका थिए। रेनेगेड्स ओपनर आरोन फिन्चले ४३ तथा क्यामरन व्हाइटले ३५ रनको योगदान दिए।

बलिंग तर्फ पनि १ विकेट लिएका नाबीनै खेलको प्लेयर अफ द म्याच घोषित भए। नाबीले अघिल्लो खेलमा सिड्नी सिक्सर बिरुद्ध पनि २ विकेट हात पारेका थिए।

नाबीको ब्याटिंग भिडियोमा हेर्न क्लिक गर्नुस 

बिगब्यासको अंकतालिकामा जित सहित मेर्लबर्न रेनेगेड्स शिर्षस्थानमा उक्लेको छ। ५ खेलमा ४ जित र १ हार बेहोरेको रेनेगेड्सको ८ अँक रहेको छ भने समान ८ अंक रहेपनि ब्रिसबेन हिट र पर्थ स्करचरर्स नेट रनरेटको आधारमा दोश्रो र तेश्रो स्थानमा रहेको छ।

रासिद खानको उत्कृस्ट प्रदर्शन 

बिग ब्यास लिगमा अफगानिस्तान लेग स्पिनर रासिद खानको प्रदर्शन उत्कृस्ट रहँदै आएको छ। एड्लेड स्ट्राइकर्सको प्रतिनिधित्व गरिरहेका उनले खेलेको ४ वटा खेलमा ८ विकेट हात पारिसकेका छन्।

रासिद खान

धेरै विकेट लिने बलरको सुचीमा चौथो स्थानमा रहेका रसिदले ५.०६ प्रतिओभर रन दिएका छन् जुन प्रतियोगिताकै उत्कृस्ट हो। यस्तै उनले १०.१२ को एभरेज र १२ को स्ट्राइक रेटले विकेट लिईरहेका छन्।

धेरै विकेट लिने सुचीको शिर्ष स्थान मा पार्थ पर्थ स्करचरर्सका एन्ड्रु टाई ५ खेलमा १४ विकेट सहित छन् भने मर्लबर्न रेनेगेड्सको लागि खेलिरहेका ड्वेन ब्राभो १२ विकेट सहित दोश्रो स्थानमा र एड्लेद स्ट्राइकर्सका बेन लाफ्लिन ९ विकेट सहित तेश्रो स्थानमा छन्।





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]