- विकेटनेपाल, २१ मङ्सिर
अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद शहजादलाई आईसीसीले १ बर्ष कुनै पनि किसिमको क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छ।
शहजाद डोपिंगमा दोषी पाईएपछि आईसीसीले कारबाही गरेको हो। उनले शरीरको तौल घटाउन प्रतिबन्धित औषधि सेवन गरेका थिए। आईसीसीको डोपिंग टेस्टमा फेल भएपछि शहजादले आफुले तौल घटाउन हाईड्राक्सीकट नामको सप्लिमेन्ट खाएका थिए।
टेस्टमा फेल भएपछि अफगानिस्तानका आक्रामक ब्याट्सम्यानलाई आगामी बर्ष जनवरी १७ सम्मको लागि प्रतिबन्ध लगाएको छ। जनवरी १७ २०१७ मा उनको डोपिंग टेस्ट भएको थियो जसकारण त्यसैदिनबाट प्रतिबन्ध लागु हुनेछ। २०१८ जनवरीबाट उनि फेरी क्रिकेटमा फर्किन सक्नेछन्।

२९ बर्षिय विकेटकिपर ब्याट्सम्यानले अफगानिस्तानको लागि ५८ एकदिवसीय तथा ५८ टि-२० खेलीसकेका छन्। आफ्नो आक्रामक ब्याटिंगले छुट्टै परिचय बनाएका शहजादको नाममा टि-२० अन्तर्राष्ट्रियमा एसोसिएट रास्ट्रको खेलाडीको रुपमा सबैभन्दा बढी प्लेयर अफ द म्याच ( १० ) अवार्ड पाउने तथा एसोसिएट देशको खेलाडीकै रुपमा सबैभन्दा धेरै टि-२० अर्धशतक प्रहार गर्ने रेकर्ड रहेको छ। सन् २०१६ मा उनलाई आईसीसीले एसोसिएट बर्ष खेलाडीको अवार्ड समेत प्रदान गरेको थियो।
शहजादको प्रतिबन्ध पछि आईसीसीले प्रेस बक्तब्य मार्फत सम्पूर्ण क्रिकेटरहरुलाई आफुले खाने सप्लिमेन्टहरुको रिस्क आफैले लिन बताएको छ। कुनै पनि त्यस्तो औषधि लिनु अघि एक पटक अनुसन्धान गरेर मात्र प्रयोग गर्न सुझाब समेत आईसीसीले दिएको छ।
( फिचर फोटो – आईसीसी )

Jan 2018 samma ban? milai julai 1 month ban ma parne bhayo. ?