अफगान क्रिकेटर शहजादलाई आईसीसीको प्रतिबन्ध

  • विकेटनेपाल, २१ मङ्सिर 

अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद शहजादलाई आईसीसीले १ बर्ष कुनै पनि किसिमको क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छ।

शहजाद डोपिंगमा दोषी पाईएपछि आईसीसीले कारबाही गरेको हो। उनले शरीरको तौल घटाउन प्रतिबन्धित औषधि सेवन गरेका थिए। आईसीसीको डोपिंग टेस्टमा फेल भएपछि शहजादले आफुले तौल घटाउन हाईड्राक्सीकट नामको सप्लिमेन्ट खाएका थिए।

टेस्टमा फेल भएपछि अफगानिस्तानका आक्रामक ब्याट्सम्यानलाई आगामी बर्ष जनवरी १७ सम्मको लागि प्रतिबन्ध लगाएको छ। जनवरी १७ २०१७ मा उनको डोपिंग टेस्ट भएको थियो जसकारण त्यसैदिनबाट प्रतिबन्ध लागु हुनेछ। २०१८ जनवरीबाट उनि फेरी क्रिकेटमा फर्किन सक्नेछन्।

२९ बर्षिय विकेटकिपर ब्याट्सम्यानले अफगानिस्तानको लागि ५८ एकदिवसीय तथा ५८ टि-२० खेलीसकेका छन्। आफ्नो आक्रामक ब्याटिंगले छुट्टै परिचय बनाएका शहजादको नाममा टि-२० अन्तर्राष्ट्रियमा एसोसिएट रास्ट्रको खेलाडीको रुपमा सबैभन्दा बढी प्लेयर अफ द म्याच ( १० ) अवार्ड पाउने तथा एसोसिएट देशको खेलाडीकै रुपमा सबैभन्दा धेरै टि-२० अर्धशतक प्रहार गर्ने रेकर्ड रहेको छ। सन् २०१६ मा उनलाई आईसीसीले एसोसिएट बर्ष खेलाडीको अवार्ड समेत प्रदान गरेको थियो।

शहजादको प्रतिबन्ध पछि आईसीसीले प्रेस बक्तब्य मार्फत सम्पूर्ण क्रिकेटरहरुलाई आफुले खाने सप्लिमेन्टहरुको रिस्क आफैले लिन बताएको छ। कुनै पनि त्यस्तो औषधि लिनु अघि एक पटक अनुसन्धान गरेर मात्र प्रयोग गर्न सुझाब समेत आईसीसीले दिएको छ।

( फिचर फोटो – आईसीसी )





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]